सुशान्त राउत
केन्द्रीय उपाध्यक्ष (उम्मेदवार)
एनआरएनए क्यानडा
मेरो उम्मेदवारी किन ?
टोरण्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि म ब्राम्पटन निवासी युवा समाजसेवी सुशान्त रावतले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु । नेपाल बसाईको लामो समय नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भई समाजसेवामा जोडिएको थिँए । सन २०१८ मा क्यानडामा आएपछि पनि आफ्नो कामको अतिरिक्त निरन्तर समाजसेवा उत्तिकै सक्रिय रहदै आएको छु ।
मैले मेरो आफ्नो केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी संगै आफ्नो मुख्य ७ एजेन्डा तपाईहरु समक्ष पेश गरेको छु।
१. सामुदायिक शसक्तिकरण
२. युवाको संलग्नता र शसक्तिकरण
३. सास्कृतिक जगेर्ना र संरक्षण
४. युवा र बयस्कबीचको सहकार्य
५. खेलकुद र शारीरिक स्वास्थमा योगदान
६. नयाँ आगन्तुक हरुको सहज बसोबास
७. पारदर्शी र जवाफदेही नेतृत्व
“एक पटकको नेपाली, सधैंको नेपाली” नेपालदेखि क्यानडासम्म, जहाँ जहाँ नेपाली छन्, त्यहाँ मेरो सेवा, समर्थन र नेतृत्वको छायाँ छ।
युवाको भविष्य, समाजको सेवा र खेलकुदको माध्यमबाट एकता निर्माणमा मेरो योगदान उल्लेखनीय छ र रहने छ।
मेरो प्रमुख अनुभव र योगदानहरू:
नेपाल रेडक्रसमा लामो समय सेवा —
▪ आपत्कालीन परिस्थितिमा अग्रसर भएर मानवताको पक्षमा
▪ सामाजिक कार्यमा लामो अनुभव — सधैं समाजप्रति समर्पित
▪ NRN क्यानडा Help Desk Coordinator (2021–2023) नयाँ विद्यार्थी तथा आगन्तुकहरूका लागि काम गरि एक कार्यकाल सफलता साथ सम्पन्न गरेको । बिभिन्न समाजिक गतिबिधि कार्य गरेको
▪Brotherhood Nepali Sports Club को अध्यक्ष —
▪ नेपाली समुदायले आयोजना गरेका सबै फुटबल प्रतियोगितामा सक्रिय सहभागिता
▪ प्रत्येक वर्ष बालबालिकालाई लक्षित Kids Soccer Training Program
▪ खेलकुद, स्वास्थ्य र समावेशीतामा निरन्तर योगदान
▪ साथै, Ontario Soccer बाट मान्यता प्राप्त प्रतियोगिताहरूमा सहभागिता,
नेपालका प्रतिभाशाली युवालाई क्यानडाको संरचित खेल प्रणालीमा जोड्ने प्रयास गरेको छु ।
अब म नेतृत्वमा आएर अझ ठूलो स्तरमा काम गर्न चाहनुहुन्छ।
हामी सबैको साथ र समर्थनले मात्र त्यो सम्भव छ।
त्यसैले, आगामी NRN क्यानडा निर्वाचन २०२५–२०२७ मा केन्द्रीय उपाध्यक्ष पदमा मलाई भोट दिई बिजयी गाराईदिनु हुन् सबैलाई आग्रह गर्दछु ।
क्यानाडा नेपाल










