Canada Nepal News

नेपाल सेरोफेरो

दशैं मनाएर काठमाडौं फर्किने बढ्दै

दशैं मनाएर काठमाडौं फर्किने बढ्दै
काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका छन् । यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । घरबाट फर्किने यात्रु र सवारीसाधनको संख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती, तथा दक्षिणकाली–फर्पिङ लगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व...

कलाकारको दशैं : कतै विपत्तिको पीडा, कसैलाई बाल्यकालको याद

कलाकारको दशैं : कतै विपत्तिको पीडा, कसैलाई बाल्यकालको याद
काठमाडौं । कुनैबेला दशैं आउनुअघि नै नयाँ लुगाको प्रतीक्षा, मीठोमसिनो खाने रहर र दक्षिणा गन्ने उत्सुकताले मनमा उमङ्ग भरिन्थ्यो । घरभरि आफन्तको जमघट हुन्थ्यो, टीका–जमरासँगै आशीर्वाद र आत्मीयता साटिन्थ्यो । तर अहिले समय फेरिएको छ, दशैं मनाउने शैली पनि फेरिएको छ । यस वर्ष विपत्ति र मानवीय क्षतिको पीडाले चाडको रौनकलाई समेत प्रभावित पारेको छ । यही बदलिँदो समय र परिस्थितिबीच कलाकारहरू कसैले उत्सवबाट आफूलाई टाढा राखेका छन् त कसैले सादगीमा दशैँको वास्तविक मर्म खोजिरहेका छन् । कल...

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका
काठमाडौँ । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन्। नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन्। नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरुले मनाएका हुन्। नेपाल भ्रमणमा आएका पर्यटकका लागि बडादसैँको टीका र जमरा ग्रहण गर्नु ने...

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
बर्दिया। बडादशैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दशैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दशैंको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो। विगतका वर्षमा दसैँको दिन घरमा आफन्त जम्मा हुन्थे। अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने...

त्रिशूली कटानले फेरि पृथ्वी राजमार्गमा संकट, कहिले खुल्ला बाटो?

त्रिशूली कटानले फेरि पृथ्वी राजमार्गमा संकट, कहिले खुल्ला बाटो?
काठमाडौं। दशैंको मुखमा त्रिशूली नदीको कटानले पृथ्वी राजमार्गको गलौंदी क्षेत्रमा सडक भासिएपछि यातायात ठप्प भएको छ भने काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रु बाटोमै अलपत्र परेका छन्। भोटेकोसी नदीमा गत भदौ १० गते बाढी आउँदा रसुवादेखि चितवनसम्म नै क्षति पुगेको थियो। भोटेकोसी बाढी त्रिशूली नदीमा मिसिँदा नुवाकोटदेखि धादिङसम्मको सडक र पुलहरू बगेका थिए। बाढीको कटानकै कारण संघीय राजधानी जोड्ने लाइफलाइन सडक पृथ्वी राजमार्गको ठाउँ-ठाउँमा पहिरो खसेको थियो। पृथ्वी राजमार्गअन्तर्गत प...

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापति केशव दाहालसहित कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापति केशव दाहालसहित कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
टोरण्टो । नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ । सस्थाको अधिवेशनबाट ४ बर्षको लागि सभापति दाहालको नेतृत्वमा १८ जना पदाधिकारी, १७ जना केन्द्रिय सदस्य तथा ७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक दधिराज अर्यालले जानकारी दिनुभयो । नेपाली जनसम्पर्क समिति क्यानडाको गत असोज ३ गते शनिबार टोरण्टोको स्कारर्ब्रोमा अधिवेशन सम्पन्न भएको थियोे । सो अधिवेशन नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति उदय द...

प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने

प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह महासभालाई सम्बोधन सकेर शनिबार, असोज १० गते स्वदेश फर्किने कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीको आगमनसँग सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले प्रेस ब्रिफिङ गर्ने भएका छन् । प्रेस ब्रिफिङ आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय व...

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)
टोरण्टो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको आयोजनामा मिसिसागा ब्लड सर्भिसमा भएको रक्तदान कार्यक्रममा १४ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । एनआरएनए क्यानडाका वरिष्ठ उपाध्यक्ष प्रजपती सापकोटा, नेप्लिज ब्लड डोनर्स एसोसियन (एनबिडिए)का अध्यक्ष लिलानाथ पाण्डे, लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालका अध्यक्ष घनश्याम भट्टराई लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा “रक्तदान -जीवन दान” ...

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७८८ पुग्यो, अझै २५ सय जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७८८ पुग्यो, अझै २५ सय जना सम्पर्कविहीन
काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७८८ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० जनाको मृत्यु भएको छ। यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्पछि अझै झन्डै २ हजा...

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको परमादेश
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। उनकी पत्नी सरस्वती श्रेष्ठद्वारा सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर मात्र अनुसन्धान अगाडि बढाउन आदेश दिएको छ।