नेपाली जनसम्पर्क समिति क्यानडाको सभापति केशव दाहालसहित कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
टोरण्टो । नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ । सस्थाको अधिवेशनबाट ४ बर्षको लागि सभापति दाहालको नेतृत्वमा १८ जना पदाधिकारी, १७ जना केन्द्रिय सदस्य तथा ७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक दधिराज अर्यालले जानकारी दिनुभयो ।
नेपाली जनसम्पर्क समिति क्यानडाको गत असोज ३ गते शनिबार टोरण्टोको स्कारर्ब्रोमा अधिवेशन सम्पन्न भएको थियोे । सो अधिवेशन नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति उदय द...








