Canada Nepal News

अन्तर्राष्ट्रिय

संसारकै धनी व्यक्ति एलन मस्क ‘टिकटक’ किन्न अनिच्छुक

संसारकै धनी व्यक्ति एलन मस्क ‘टिकटक’ किन्न अनिच्छुक
एजेन्सी । संसारकै धनी व्यक्ति एलन मस्कले 'टिकटक' किन्न आफ्नो रुचि नभएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले टिकटक बन्द गर्ने तयारी गरिरहँदा एलन मस्क वा 'माइक्रोसफ्ट' ले टिकटकको अमेरिकी स्वामित्व किन्न सक्ने हल्लाहरू फैलिएका छन् ।अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै मस्कले टिकटक किन्न सक्ने बताउनुभएको थियो । तर एक भिडियो सन्देशमा मस्कले आफूले टिकटक किन्ने कुनै योजना नबनाएको र रुचि पनि नभएको बताउनुभएको रोयटर्सले जनाएको छ ।सामाजिक स...

अमेरिकाको अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु

अमेरिकाको अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु
एजेन्सी । अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ ।उक्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । जहाजमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियान पछि भग्नावशेष फेला परेको थियो । बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्न...

अमेरिकाले ‘डिपोर्ट’ गरेकालाई ४० घण्टाको उडानभर हत्कडी लगाएको भन्दै भारतमा आक्रोश

अमेरिकाले ‘डिपोर्ट’ गरेकालाई ४० घण्टाको उडानभर हत्कडी लगाएको भन्दै भारतमा आक्रोश
एजेन्सी । अमेरिकाले अवैध भारतीय आप्रवासीहरूलाई ४० घण्टा लामो उडानमा हतकडी लगाएर फर्काएपछि भारतमा त्यसको चर्को आलोचना भएको छ। यसलाई लिएर विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन् ।विदेशमन्त्री एस जयशंकरले भारतीय नागरिकमाथि दुर्व्यवहार हुन नदिन अमेरिकासँग सरकारले कुरा गरिरहेको संसदलाई जानकारी दिएका छन्।अमेरिकाले बुधबार सैन्य विमानमा १०४ भारतीयलाई फिर्ता गरेको थियो। उडान अवधिभर आफूहरूलाई हत्कडी लगाइएको उनीहरूले बताएका छन्।तर, जयशंकरले महिला र केटाकेटीलाई हतकडी नलगाइएक...

अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार सेना तैनाथ

अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार सेना तैनाथ
मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका छन् ।मास्क लगाएका र हतियारधारी नेसनल गार्डका सदस्यहरूले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा सीमा अवरोधका साथै रहेको झाडीमा खोजी गरे, खाल्डोमा लुकाएर राखिएका अस्थायी भर्‍याङहरू र डोरीहरू निकाले र तिनलाई ट्रकमा राखे। तिजुआना नजिकैका सीम...

अमेरिकाले क्यानडामाथि २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय संगै जवाफमा क्यानडाले पनि २५ प्रतिशत नै भन्सार कर लगाउने घोषणा

अमेरिकाले क्यानडामाथि २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय संगै जवाफमा क्यानडाले पनि २५ प्रतिशत नै भन्सार कर लगाउने घोषणा
टोरण्टो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे संगै जवाफमा क्यानडाले पनि अमेरिकालाई पनि कर लगाउने भएको छ । अमेरिकाले शनिवारबाट क्यानडालाई भन्सार कर लगाएको थियो । सिएनएनका अनुसार क्यानडाले पनि अमेरिकामाथि २५ प्रतिशत नै कर लाउने भएको छ ।प्रधानमन्त्री जस्टिन ट्रुडोले कर अमेरिकाका १५५ अर्ब डलरका सामानमा लाग्ने जानकारी दिएका छन ।यस्तै मेक्सिकोले पनि कर लाउने बताएको छ । तर, कति प्रतिशत भनिएको छैन ।अवैध आप्रवासी छोडेको ...

अमेरिकी राष्ट्रपति ट्रम्पले फेब्रुअरी १ ​​देखि क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा थप कर लगाउने निश्चित

अमेरिकी राष्ट्रपति ट्रम्पले फेब्रुअरी १ ​​देखि क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा थप कर लगाउने निश्चित
वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ ​​देखि मेक्सिको, क्यानडा र चीनमा कर लगाउने भएको ह्वाइट हाउसले बताएको छ ।राष्ट्रपति ट्रम्पले फेब्रुअरी १ ​​देखि मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५% कर लगाउने, साथै चीनबाट हुने सामानमा १०% कर लगाउने, ह्वाइट हाउसकी प्रवक्ता कारोलिन लेभिटले भनिन्।“राष्ट्रपतिले भोलि मेक्सिकोमा २५% कर लगाउने, क्यानडामा २५% कर लगाउने र चीनमा १०% कर लगाउने, उनीहरूले हाम्रो देशमा स्रोतबाट ल्याएका र वितरण गर्न अनुमति दिएका अवैध ...

वासिङ्टन विमान दुर्घटनाः २८ शव फेला, चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’

वासिङ्टन विमान दुर्घटनाः २८ शव फेला, चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’
एजेन्सी । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनास्थलबाट २८ जना यात्रुको शव फेला परेको छ।आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ‘अत्यन्त कठिन’ अवस्...

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरू, किन छ संसारभर त्रास र चासो ?

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरू, किन छ संसारभर त्रास र चासो ?
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको शपथ लिएका छन्।विश्वकै ठूलो अर्थतन्त्र र शक्तिशाली देशको राष्ट्रपति जो भए पनि संसारभरि त्यसको प्रभाव पर्छ नै। त्यसमाथि ट्रम्प मनमौजी, बेला बेला सनक देखाउने र सामान्यभन्दा फरक स्वभावका व्यक्ति छन्।यस्ता व्यक्तिले देशको बागडोर सम्हालेपछि उथलपुथल ल्याउने गरी के के गर्लान् भनेर अमेरिकामा मात्र नभएर संसारभर चासो र चिन्ता छ।अमेरिकाका प्रतिस्पर्धी र शत्रुराष्ट्र मात्र होइन, मित्रराष्ट्र पनि उत्तिकै सशंकि...

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको प्रतिबद्धता पछी बन्द भएको १२ घण्टा मै खुल्यो टिकटक

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको प्रतिबद्धता पछी बन्द भएको १२ घण्टा मै खुल्यो टिकटक
टोरन्टो । अमिरिकाको निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई सपथ ग्रहण लगत्तै कार्यकारी आदेशबाट ल्याउने प्रतिबद्धता गर्ना साथ टिकटक फेरि संचालनमा आएको छ ।संयुक्त राज्य अमेरिकामा बन्द भएको लगभग १२ घण्टा पछि पुन संचालनमा आएको हो ।टिकटकले आफ्ना प्रयोगकर्ताहरूलाई एक सूचना जारी गर्दै तपाईहरुको धैर्य र समर्थनको लागि धन्यवाद ! राष्ट्रपति ट्रम्पको प्रयासको परिणामस्वरूप टिकटक अमेरिकामा फिर्ता आएको जनाएको छ ।शनिबार राति समयसीमा भन्दा २ घण्टा अगाडी नै टिकटक बन्द भएको थ...

अमेरिकामा हाललाई टिकटक पुरै बन्द , टिकटक ट्रम्प प्रति भरोसा तथा ट्रम्पले बचाउने सङ्केत

अमेरिकामा हाललाई टिकटक पुरै बन्द , टिकटक ट्रम्प प्रति भरोसा तथा ट्रम्पले बचाउने सङ्केत
टोरण्टो । अमेरिकामा हाललाई टिकटक पुरै बन्द भएको छ । टिकटक व्यवस्थापन निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पूरा भरोसा रहेका छन् । साथै ट्रम्पले बचाउने सङ्केत समेत दिएका छन् ।ट्रम्पले भोलि जनवरी २०,२०२५ मा सपथ ग्रहण गर्दै छन् । सामाजिक संजाल टिकटकका मालिकले ट्रम्पलाई फ्लोरिडा स्थित मारालागो भवनमा समेत भेट गरेका थिए । ट्रम्प पहिले टिकटक बन्द हुनु पर्छ भने पक्षमा थिए भने पछि उनि टिकटकको पक्षमा वकालत गर्ने र बन्द नहोस भन्ने चाहना राख्ने कुरामा आफ्ना भनाईहरु राख्दै आई रहेका...