फिफा विश्वकप फुटबल: कुन समुहको खेल कहिले हुने ? आज क्यानडा विरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक खेल हुँदै
एजेन्सी । क्यानडाको समय अनुसार आज आईतवार दिउँसो ३ बजे क्यानडा विरुद्ध दक्षिण अफ़्रिकाको प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको पहिलो प्लेअफ लडाईको लागि दिउँसो अमेरिकाको लस एन्जलसमा हुने खेलको प्रतिस्पर्धालाई रोचक रुपमा लिइएको छ।
दुबै टोलीले आज पहिलो पटक विस्तारित राउन्ड अफ ३२ वा नकआउट राउन्डमा प्रवेश पाएका हुन।
आज खेल जित्ने बिजयी राष्ट्र राउन्ड १६ तर्फ अगाडि बढ्छ भने हार्ने टोलि घर जानेछ।
२०२६ को लागि प्रतियोगिता ४८ टोलीमा विस्तार भएपछि ३२ टोलीहरू समूह चरणबाट अगाडि बढे...









