क्यानडामा “रामकृष्ण ढकाल साँझ” भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम…
शिशिर सिंखडा, टोरण्टो ।
असार १५ (जुन २९)आइतबार । ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ । नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले कार्यक्रमको पहिलो कोसेली स्वरुप स्टेजमा हार्मोनियम बजाँउदै देश प्रेम भावको गीत – “बिहान उठने बित्तिकै हिमाल देख्न पाईयोस....“ जब गाउन शुरु गरे दर्शकहरुको गडगडाहक तालीले हल गुञजायमान भएको थियोे भने बिदेशी भुमीमा भएका नेपाली दर्शकहरु आफ्नो नेपाली माटो र राष...