
काठमाडौं । जेनजी आन्दोलनमा हालसम्म ३० जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ अस्पतालमा २५३ जना घाइतेहरूको उपचार भईरहेको छ।
हालसम्म १ हजार ३३ जना घाइते भएका मन्त्रालयले जनाएको छ। तीमध्ये ७१३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्यत्र रेफर गरिएको छ।
सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन्।
सिभिल अस्पतालमा ४३६ मध्ये ३४४ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ। नेसनल ट्रमा सेन्टरमा १६१ जना उपचारका लागि भर्ना भएका थिए, जसमा ५८ जना अझै उपचाररत छन् र ८ जनाको मृत्यु भएको छ।
बाँकेको भेरी अस्पतालमा उपचारका लागि आएका २८ घाइतेमध्ये ५ जनाले ज्यान गुमाएका छन्।
कुन अस्पतालमा कति ?