जमैकामा बेरिल नामको शक्तिशाली आँधी
काठमाडौं : बेरिल नामको शक्तिशाली आँधी ठूलो गर्जनसहित जमैकाको क्यारेबियन टापु तर्फ सरिरहेको छ । झन्डै दुई सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावासहितको आँधी क्यारेबियन टापुको दक्षिणी तटीय क्षेत्रको नजिकबाट पार गर्न सक्ने यूएस नेशनल हुरिकेन सेन्टर (एनएचसी ) ले चेतावनी दिएको छ ।
यसका कारण जमैका र पछि केम्यान टापुहरूमा जनजीवन सङ्कटमा पार्ने खालको हावा र आँधीबेहरी चल्नसक्ने बीबीसीले जनाएको छ । क्यारेबियन क्षेत्रमा आएको आँधीका कारण अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको छ ।...





