सोलुखुम्बुको थाम खोलामा भीषण बाढी: पूरै गाउँबस्ती बगाएको अनुमान
काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थाम खोलामा आएको बाढीले पूरै गाउँबस्ती बगाएको छ । अहिलेसम्म उक्त बाढीमा १५ भन्दा बढी घर बगेको या पुरिएको अवस्था छ ।
शुक्रबार दिउँसो अचानक आएको बाढीमा एक विद्यालय भवन र क्लिनिक समेत बगेको छ । व्यक्तिगत घर ७ वटा तथा होटल पसल गरेर थप ७ वटा घर बगाएर पूर्ण क्षतिग्रस्त बनाएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनका अनुसार थप आधा दर्जन घरहरु उच्च जोखिममा रहेका छन् ।
उनका अन...









