Canada Nepal News

काठमाडौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालाहरुसँग पनि सुझाव लिइएको पनि जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता खेडालीहरुको पुरस्कारको राशी बैंकिङ खातामार्फत खेलाडीहरुले पाउने व्यवस्था पनि आफूले मिलाएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले बजेटको सिमितताका कारण खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।