३ घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ पाथीभरा मन्दिर । यहाँका लागि ६ दिनको समय उपयुक्त हुने गर्छ । पुनहिल धौलागिरिलगायत दर्जनौं हिमाल आँखैअगाडि हेर्न सबैभन्दा उपयुक्त स्थल हो, म्याग्दीको पुनहिल । समुन्द्री सतहबाट करिब ३ हजार मिटर उचाइमा अवस्थित पुनहिलबाट माछापुछ«े, अन्नपूर्णलगायतका हिमाल देख्न पाइन्छ । यो क्षेत्र विश्व प्रख्यात अन्नपूर्ण पदयात्रा निस्कने पर्यटकहरूको जाने बाटोमा समेत पर्छ । पोखराबाट नयाँ पुलसम्म सवारीसाधनमा त्यसपछि पदयात्रा सुरु हुन्छ । रारा रारा नेपालको सबैभन्दा ठूलो ताल हो । दुई वटा जिल्लालाई समेटेर वि.सं. २०३२ मा रारा तालकै नाम राखेर रारा राष्ट्रिय निकुन्जसमेत स्थापना भएको हो । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित तालको प्रमुख विशेषता भनेको छिनछिनमा पानीको रङ परिवर्तन हुनु हो । पानीको रङ परिवर्तनबाहेक तालमा तीन प्रजातिका माछा पाइन्छन् । यो तालको लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर हुनुका साथै गहिराइ १ सय ६७ मिटर छ भने तालको क्षेत्रफल करिब ११ किलोमिटर छ । हिँडेरै फन्को मार्ने हो भने ५ घण्टा लाग्छ । रारा पुग्न नेपालगन्जको राझा विमानस्थलबाट मुगुको ताल्चासम्मको हवाई यात्रा हुन्छ । त्यसपछि सुरु हुन्छ, पैदल यात्रा । घान्द्रुक अन्नपूर्ण पदमार्गका क्रममा पर्ने रमणीय स्थल हो–घान्द्रुक । यहाँको प्राकृतिक सौन्दर्यले आगन्तुकको मन सजिलै लोभ्याउँछ । यहाँबाट माछापुच्छर्रे अन्नपूर्ण हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । मेश्रमवराह, त