काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन खर्बपति एलन मस्कसँग वार्ता गरेका छन् । उनले शुक्रबार साँझ एक्स लगायत कम्पनीका मालिक मस्कसँग भर्चुअल कुराकानी गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा एलन मस्कसंग भर्चुअल संवाद गरिरहेको फोटो पोष्ट गर्दै लेखेका छन्,‘अहिले एलन मस्कसँग कुरा गरिरहेको छु ।’
विशेषगरी मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने चासो देखाएको छ । स्टारलिंकले विश्वका धेरै मुलुकमा सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।
क्यानाडा नेपाल










