शिशिर सिंखडा, टोरण्टो । क्यानडाका विभिन्न सहरमा नेपाली राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष-२०२५ भब्यताका साथ मनाईएको छ । नेपाल हाउस क्यानडाको आयोजना तथा एनआरएनए क्यानडा, कास्की समाज क्यानडा, एनसीएनसी, नेपाली साहित्य समाज क्यानडा, लाली गुरांस स्पोर्टस क्लब, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, क्यानेडियन नेवा गुठी लगायत संस्थाहरुको समन्वयमा भब्यताका साथ नेपाली राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष-२०२५ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
टोरण्टो सिटी अन्तर्गत ब्रामप्टनमा आज नयाँ बर्षको पहिलो दिन आयोजित कार्यक्रममा प्रमुख अतिथि क्यानडा सरकारको संघीय आर्थिक बिकाश मन्त्री रुबी सहोता रहनु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि आर्थिक बिकाश मन्त्री रुबी सहोतालाई नेपाल हाउसका चेयरपर्सन गोपिकृष्ण काफ्लेले ढाका टोपी लगाईदिएर स्वागत तथा सम्मान गर्नु भएको थियो । सो अबसरमा प्रमुख अतिथि क्यानडा सरकारको संघीय आर्थिक बिकाश मन्त्री रुबी सहोताले नेपाली समुदाय संग नेपालको पहिचान नेपाली राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष-२०२५ को शुभकामना आदानप्रदान गर्दै मनाउन पाँउदा अत्यन्तै खुशी लागेको र आफ्नो लागि गौरवको विषय भएको बताउनु भयो ।
नेपाली समुदाय र समग्र क्यानडाको आर्थिक, सामाजिक र सास्कृतिक बिकाश तथा प्रबर्द्धनको लागि सबै एकजुट हुन यस्ता कार्यक्रमले सहयोग मिल्ने संघीय मन्त्री सहोताले बताउनु भयो । साथै उहाँले नेपाली समुदाय संग हातेमालो गर्दै अगाडि बढन आफू सधै लाग्ने समेत बताउनु भयो ।
नेपाल हाउसका चेयरपर्सन गोपिकृष्ण काफ्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, समाजसेवी ढुण्डीराज पाण्डे, रोटरी क्लब बर्ष १६/१७ का अध्यक्ष चन्द्रमान श्रेष्ठ, वरिष्ठ अधिवक्ता केशव दाहाल, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल, एनसीएनसी क्यानडाका उपाध्यक्ष बेदनिधि गौतम, महिला चौतारीकी अध्यक्ष अम्बिका ज्ञवाली, नेप्लिज सेन्टरका देवेन्द्र नेपाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा एनआरएनएका बोर्ड सदस्य जगन सापकोटा, व्यावसायी डा. पुर्ण कंडेल लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
(यस अगाडि प्रकाशित समाचारमा आयोजक, केहि सहयोगी सस्था र अतिथिको नाम छुट भएकोले आयोजकको अनुरोधमा थप गरिएको छ– सम्पादक।)