
टोरण्टो । मिसिसागा क्यानडा नेपाल लायन्स क्लबद्वारा एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई आज मिसिसागामा आयोजित कार्यक्रममा सम्मान तथा क्लबको समिति गठनलाई पुर्णता दिईएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको हालै सम्पन्न अधिवेशनबाट मिसिसागा क्यानडा नेपाल लायन्स क्लबका चार्टर मेम्बरहरु पदाधिकारीमा तथा बोर्ड अफ डाईरेक्टरमा निर्वाचित हुनुभएको थियो । सो कार्यक्रममा एनआरएनएको निर्वाचनमा निर्वाचित क्लबका चार्टर मेम्बरहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा एनआरएनए क्यानडाको अध्यक्षमा निर्वाचित जगन सापकोटा, वरिष्ठ उपाध्यक्ष प्रजापति सापकोटा र बोर्ड अफ डाईरेक्टर सागर गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा क्लबको तर्फबाट चार्टर प्रेसिडेन्ट घनश्याम भट्टराईले उहाँहरुलाई खादा लगाई सम्मानित गर्नुभएको थियो । क्लबका अध्यक्ष घनश्याम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचीव ध्रुवमणि पौडेलले संचालन गर्नु भएको थियोे ।
क्लब भिजिट तथा ओरेण्टेसेन कार्यक्रम
लायन्स क्लब ईण्टरनेशनल डिष्ट्रिक्ट ए-७११ का जोन चेयरपर्सन समिन्दा परेरा र मिसिसागा कुकभिल लायन्स क्लबका अध्यक्ष आशिष अधिकारीले आज क्यानडा नेपाल लायन्स क्लबको भिजिट एवं क्लब पदाधिकारी तथा सदस्यहरुलाई ओरेण्टेसन समेत दिनुभएको थियो । उहाँहरुले क्यानडामा लायन्स क्लबको संचालन र प्रकृया तथा सामाजिक सेवाको सन्दर्भमा ओरेण्टेसन दिनुभएको थियो । क्यानडा नेपाल लायन्स क्लबको गाईडलायन्स तथा स्पोन्सर क्लबको रूपमा मिसिसागा कुकभिल लायन्स क्लब रहेको छ।
क्लबको समिति गठनलाई पुर्णता
मिसिसागा क्यानडा नेपाल लायन्स क्लबको कार्यसमितिलाई पुर्णता दिईएको छ।
आज आयोजित क्लबको पुर्ण बैठ्कले क्लबको पदाधिकारी तथा बोर्ड कमिटी मेम्बरलाई पुर्णता दिईएको हो । हालै गठन भएको क्लबको अध्यक्षमा घनश्याम भट्टराई, सचीवमा ध्रुवमणि पौडेल र कोषाध्यक्षमा ऋषि पोख्रेल यस अगाडी नै चयन हुनुभएको थियो । आज आयोजित बैठकले फर्स्ट भाईस प्रेसिडेन्टमा गोकर्ण लामिछाने, सेकेन्ड भाईस प्रेसिडेन्टमा कमल ज्ञवाली, थर्ड भाईस प्रेसिडेन्टमा रामकृष्ण रेग्मीलाई चयन गरेको छ ।
त्यसैगरी मार्केटिङ एन्ड कम्युनिकेशन चेयरपर्सनमा शिशिर सिंखडा, मेम्बरसीप चेयरपर्सन रमेश धिताल, क्लब सर्भिस चेयरपर्सन बिरेन्द्र पौडेल, टेल टुईस्टर दामोदर पौडेल, लायन टेमर अनिल ज्ञवाली र क्लब एलसीएफ कोअर्डिनेटर जगन्नाथ सापकोटा चयन भएका छन । क्लबको १ बर्षे डाईरेक्टरमा शुदर्शन अधिकारी र गोकर्ण कुँवर, २ बर्षे डाईरेक्टरमा बेदबहादुर गुरुङ र प्रबिन पौडेल चयन भएका छन ।
युथ प्रोग्राम चेयरपर्सनमा अमृत क्षत्री, हङ्गर रिलिफ चेयरपर्सनमा नाम भुसाल, पिस पोस्टर चेयरपर्सनमा नारायण पराजुली, भिजन/साईट प्रोग्राम चेयरपर्सनमा छवीलाल शर्मा र डाईबेटीज अवाएरनेस चेयरपर्सनमा धुर्व भट्टराईलाई चयन गरिएको छ । त्यस्तैगरि बोर्ड अफ कमिटी मेम्बरमा बाबूकृष्ण कंडेल, युवराज शर्मा, सुनिल अधिकारी, दामोदर गौतम, टोपलाल पाण्डे, प्रजापति सापकोटा र सागर गुरुङ चयन भएका छन ।
क्लबको कार्यक्रममा ईनपर्सन उपस्थित हुन नसक्नुभएका पदाधिकारी तथा बोर्ड सदस्यहरु अनलाइन माध्यमबाट पनि सहभागी हुनुभएको थियो । उहाँहरुले क्लबको भावी योजना तथा कार्यक्रमको बारेमा छ्लफल तथा अन्तरक्रिया गरि १ बर्षे योजना समेत तयार पार्नुभएको थियोे ।