×

टोरण्टो । अलास्काबाट वाशिंगटन डीसी फर्किँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग करिब एक घण्टा लामो कुराकानी गरेका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले नेटो देशका नेतासँग पनि फोनमा कुरा गरेको बताइन्।

यस्तै बेलायती प्रधानमन्त्री कार्यालयले अलास्का वार्तापछि प्रधानमन्त्री केयर स्टारमरले डोनाल्ड ट्रम्प र भोलोडिमिर जेलेन्स्कीसँग कुरा गरेको पुष्टि गरेको छ।

आज बिहान उनले नेटो सहयोगी देशका अन्य युरोपेली नेताहरूसँग पनि फोनवार्ता गरे।

यसैबीच युक्रेनी राष्ट्रपतिको कार्यालयले जेलेन्स्कीले आज बिहान ट्रम्प र युरोपेली नेताहरूसँग कुरा गरेको पुष्टि गरेको छ।

कार्यालयले भन्यो, ʻयो लामो कुराकानी थियो। जेलेन्स्की र ट्रम्पबीच कुराकानी सुरु भयो। त्यसपछि युरोपेली नेताहरू पनि यसमा सामेल भए।ʼ

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार वाशिंगटन डीसीमा राष्ट्रपति ट्रम्पलाई भेट्ने बताएका छन्। टेलिग्राममा एक अपडेटमा उनले निमन्त्रणाका लागि आभारी भएको बताए ।