Canada Nepal News

टोरण्टो । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको एक कार्यक्रमका बीच कार्यसमितिलाई पुर्णता दिईएको छ भने क्लबको विभिन्न गतिविधिमा सहयोग गर्ने ब्यक्ति तथा सस्थालाई सम्मान पनि गरिएको छ ।

क्लबको छैठौ वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष विश्व अधिकारीको नेतृत्वमा चयन भएको समितिले आज शुक्रवार पुर्णता पाएको हो । ब्राम्पटनमा सो क्लबको एप्रीसियसन एण्ड ह्यण्डओभर कार्यक्रम भएको थियो ।  सो क्लबको उपाध्यक्षमा सानु लामा, लिला शाही र श्याम अर्याल, महासचिबमा धर्म न्यौपाने सचिबमा कमल देवकोटा चयन भएका छन।
कोषाध्यक्षमा अनिल ज्ञवाली, सह-कोषाध्यक्षमा सबिना भण्डारी, प्रवक्तामा खगराज कडेल र कार्यक्रम संयोजकमा नारायण भण्डारी रहने गरि समितिलाई पुर्णता दिइएको छ ।
समितिको कार्यकारीणी सदस्यहरुमा सानु लामा, सुजन बचे, सुरज थापा, रुपा ढोडारी, अर्जुन सुबेदी, अजित गिरी, दामोदर पोख्रेल, नेत्र भट्टराई र रमा सापकोटा चयन भएका छन ।
सो अबसरमा निवर्तमान कार्यसमिति, पुर्व कार्यसमिति, पुर्व सल्लाहकारहरु, विभिन्न कार्यक्रममा सहयोगी भुमिका निर्वाह गरेका भोलिन्टियर एवं विभिन्न सामाजिक ब्यक्तीत्व र संघसस्था हरुलाई पनि सम्मान गारिएको थियोे ।