Canada Nepal News

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच सोमबार दूरवार्ता भएको छ। क्रेमलिन (रूसी राष्ट्रपतिको कार्यालय) का अनुसार, उनीहरूबीच अमेरिकाले गाजा युद्ध रोक्नका लागि प्रस्ताव गरेको योजनाबारे छलफल भएको छ।

वार्ताका क्रममा राष्ट्रपति पुटिनले प्यालेस्टाइनको समस्या समाधानका लागि रुसको पुरानो र स्थायी अडानलाई फेरि दोहोर्‍याएका छन्। रुसले सधैँ अन्तर्राष्ट्रिय कानुनमा आधारित भएर प्यालेस्टाइनको समस्याको विस्तृत समाधान हुनुपर्ने पक्षमा रहेको बताएको छ। यसको अर्थ, रुस प्यालेस्टिनीहरूको छुट्टै राष्ट्र बन्नुपर्छ भन्ने पक्षमा छ।

 

साथै दुई नेताहरूले गाजाको शान्ति योजनाबाहेक अन्य क्षेत्रीय मुद्दाहरूमा पनि कुरा गरे। उनीहरूले इरानको आणविक कार्यक्रम र सिरियाको अवस्थाका बारेमा पनि चासो व्यक्त गर्दै छलफल गरेका थिए।

यसै क्रममा, प्रधानमन्त्री नेतन्याहूले भोलिमंगलबार ७३ औं जन्मदिन मनाउँदै गरेका राष्ट्रपति पुटिनलाई “न्यानो शुभकामना” पनि दिएका छन्।

यसअघि, इजरायल र हमासका प्रतिनिधिहरूबीच इजिप्टमा अमेरिकाको शान्ति योजनामाथि अप्रत्यक्ष वार्ता सुरु भएको छ ।