Canada Nepal News

टोरण्टो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ११ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।

एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, एनसीएनसी क्यानडाका अध्यक्ष  नेत्र खतिवडा, लायन्स  क्लब अफ मिसिसागा क्यानडा नेपालका अध्यक्ष घनश्याम भट्टराई लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा “रक्तदान -जीवन दान” भन्ने मुल मर्मलाई मनन गर्दै रक्त सन्चार केन्द्र मिसिसागामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

सो अबसरमा ध्रुबमणि पौडेल, दामोदर पौडेल, ऋषि पोख्रेल, रितेश महतो, प्रजापति सापकोटा, सरस्वती भट्टराई, अनिशा पोख्रेल, अनिल ज्ञवाली, घनश्याम भट्टराई, शुदर्शन अधिकारी, बिरेन्द्र पौडेलले रक्तदान गर्नुभएको थियो।

क्लबको समन्वयमा हरेक ३/३ महिनामा रक्तदान कार्यक्रम हुदै आएको छ भने क्लबले क्यानडाको मिसिसागा र ब्राम्पटन क्षेत्रमा विभिन्न सरसफाई, बृक्षारोपण कार्यक्रम तथा सामाजिक कामहरु गर्दै आएको छ ।