×

एजेन्सी । दक्षिण अफ्रिकाको एक होस्टेलमा बन्दुकधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

राजधानी प्रिटोरियाको पश्चिममा रहेको सोल्सभिल टाउनसिपमा शनिबार बिहान बन्दुकधारीहरूले गोली हानेका हुन् ।

गोली लागेर १४ जना घाइते भएका छन्। मारिएका ११ जनामा एकजना ३ वर्षीय बालक पनि छन् ।

प्रहरी प्रवक्ता ब्रिगेडियर एथ्लेन्डा माथेले भने, ‘कम्तीमा तीन जना बन्दुकधारी होस्टेलमा प्रवेश गरे, जहाँ केही मानिस मदिरा पिइरहेका थिए, त्यहाँ अन्धाधुन्ध गोली चलाउन थाले।’

माथेका अनुसार कुल २५ जनालाई गोली लागेको छ। आक्रमणको उद्देश्य अझै थाहा भएको छैन ।

घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बीबीसीले जनाएको छ ।