Canada Nepal News

टोरण्टो । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पद्वारा क्यानडालाई १००% कर लगाउने पुनः धम्की दिएका छन । चीनसँगको व्यापार सम्झौता रोक्न चेतावनी दिदै उनले चीनले एक दिन क्यानडालाई ज्युदै खाने समेत बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ कम्युनिस्ट व्यापारिक दृष्टिकोणले क्यानडालाई ‘निल्ने’ र हाम्रो ‘सामान्य जीवनशैली’ समाप्त गर्ने पनि चेतावनी दिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री मार्क कार्नीमाथि फेरि व्यक्तिगत प्रहार मात्र गरेका छैनन्, यदि ” क्यानडाले चीनसँग सम्झौता गर्छ भने” संयुक्त राज्य अमेरिका जाने “सबै क्यानेडियाली सामानहरूमा १००% कर लगाउने” कडा धम्की दिएका छन् ।

ट्रुथ सोसलमा प्रकाशित एक पोस्टमा ट्रम्पले कार्नीलाई अमेरिकाको ५१ औं राज्यको गभर्नर भनेर खिल्ली पनि उडाएका थिए ।

“यदि गभर्नर कार्नीले चीनलाई संयुक्त राज्य अमेरिकामा सामान र उत्पादनहरू पठाउन क्यानडालाई ‘ड्रप अफ पोर्ट’ बनाउने सोच्छन् भने, उनी पूर्ण रूपमा गलत छन्,” ट्रम्पले लेखे। “चीनले क्यानडालाई जिउँदै खानेछ, पूर्ण रूपमा निल्नेछ, जसमा उनीहरूको व्यवसाय, सामाजिक संरचना र सामान्य जीवनशैलीको विनाश पनि हुनेछ।”