×

टोरण्टो । नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ । सस्थाको अधिवेशनबाट ४ बर्षको लागि सभापति दाहालको नेतृत्वमा १८ जना पदाधिकारी, १७ जना केन्द्रिय सदस्य तथा ७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक दधिराज अर्यालले जानकारी दिनुभयो ।
नेपाली जनसम्पर्क समिति क्यानडाको गत असोज ३ गते शनिबार टोरण्टोको स्कारर्ब्रोमा अधिवेशन सम्पन्न भएको थियोे । सो अधिवेशन नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति उदय दुराको अध्यक्षतामा भएको थियो । अधिवेशनमा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रिय प्रतिनिधि रमेशजंग रायमाझी, एनआरएनए आईसिसीका सचिब अभिमन्यु बस्नेत, एनआरएनए क्यानडाका वरिष्ठ उपाध्यक्ष पुण्यसगर मरहठ्ठा, एनसिसिएसका अध्यक्ष बिमलमान बस्नेत, प्रवासी नेपाली मन्च क्यानडाका अध्यक्ष रमेश धिताल, रास्वपा क्यानडाका प्रमुख कुमार उप्रेती, बिद्याभुषण कार्की, कुशल घिमिरे, उद्दब गौतम, निर्वाचन समितिका संयोजक दधिराज अर्यालले मन्तव्य व्यक्त गर्नु भएको थियोे । जनसम्पर्क समिति क्यानडाका सम्योजक केशव दाहालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा राजेन्द्र पोख्रेलले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।

निर्वाचित पदाधिकारी, केन्द्रिय कार्य समिति सदस्य तथा नेपाली काङ्ग्रेसको आगामी १५औं केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको नामावली:

केन्द्रिय पदाधिकारीहरु:
१. श्री केशबप्रसाद दाहाल–सभापति
२. श्री विद्याभूषण कार्की– वरिष्ठ उप–सभापति
३. श्री उज्वलचन्द्र गौतम– वरिष्ठ उप–सभापति
४. श्री राजेन्द्र पोख्रेल– वरिष्ठ उप–सभापति
५. श्री डोमा शेर्पा–उप–सभापति (महिला)
६. श्री मनोहर पाठक–उप–सभापति –(पश्चिम क्यानडा)
७. श्री अनिल कुमार घले–उप–सभापति
८. श्री शाहसनाथ अधिकारी –उप–सभापति
९. श्री रामकृष्ण रेग्मी –उप–सभापति
१०. श्री दिपेन्द्र अधिकारी–उप–सभापति (युवा)
११. श्री रमेश भट्टराई –महामन्त्री
१२. श्री पितृराज घिमिरे (कुशल)–महामन्त्री
१३. श्री रबिन कंडेल–महामन्त्री
१४. श्री रामहरि कोईराला–सह–महामन्त्री
१५. श्री देवराम टमटा–सह–महामन्त्री
१५. श्री मनोज बजगाई –सह–महामन्त्री
१६. श्री अजिता अधिकारी –कोषाध्यक्ष
१७. श्री योगेश्वर सापकोटा –सह–कोषाध्यक्ष
१८. श्री सुशान्त राउत –युवा संयोजक

केन्द्रिय कार्यसमिति सदस्यहरु:
१. श्री राजु थापा
२. श्री सब्रिल लामिछाने
३. डा. जितु उपाध्याय
४. श्री दिनेश आचार्य
५. श्री अनिल सिटौला
६. श्री हितमान तुलाचन
७. श्री ठाकुर भण्डारी
८. श्री विमल चुडाल
९. श्री खेमराज बराल
१०. श्री राजु चौधरी
११. श्री राधारमण आचार्य
१२. श्री बिमलेन्द्र बुढाथोकी
१३. श्री रितेश भुषाल
१४. श्री सुशीलराज लामिछाने
१५. श्री सनिल दुरा
१६. श्री विषम कुमार
१७. श्री दिव्य खड्का

महाधिवेशन प्रतिनिधिहरु:
१. श्री उदय दुरा – महासमिति सदस्य
२. श्री विद्याभूषण कार्की – महासमिति सदस्य
३. श्री पितृराज घिमिरे (कुशल) – महासमिति सदस्य
४. श्री राजेन्द्र पोख्रेल – महाधिवेशन प्रतिनिधि
५. श्री जितु उपाध्याय – महाधिवेशन प्रतिनिधि
६. श्री सुशान्त राउत – महाधिवेशन प्रतिनिधि (युवा)
७. श्री बबिता अधिकारी – महाधिवेशन प्रतिनिधि (महिला)