×

अन्तर्राष्ट्रिय

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
वासिङ्टन । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने विभिन्न हतियारहरू थिए। हुथीद्वारा सञ्चालित अल मसिराह टेलिभिजन नेटवर्कले राजधानी सानाको दक्षिणी...

रूसले गुगललाई तोक्यो विश्वकै जिडिपीभन्दा धेरै जरिवाना, जरिवाना मात्रै ३७ अंकको

रूसले गुगललाई तोक्यो विश्वकै जिडिपीभन्दा धेरै जरिवाना, जरिवाना मात्रै ३७ अंकको
एजेन्सी । रूसी अदालतले गुगललाई विश्व अर्थतन्त्रको आकारभन्दा धेरै जरिवाना तोकेको छ। बिबिसीका अनुसार गुगललाई तोकिएको जरिवाना ३७ अंकको छ। त्यसलाई डलरमा रूपान्तरण गर्दा २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० हुन्छ। गुगलले रूसका १७ वटा मिडिया च्यानललाई युट्युबमा प्रतिबन्ध लगाएपछि उक्त जरिवाना तोकिएको रूसी समाचार संस्था आरबिसीले जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ११० ट्रिलियन डलर छ। रूसले तोकेको जरिवाना विश्व जि...

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई जिताउन मस्कले हरेक दिन एक जनालाई १० लाख डलर दिने

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई जिताउन मस्कले हरेक दिन एक जनालाई १० लाख डलर दिने
वासिंगटन । हरेक दिन आफ्नो संविधानलाई समर्थन गर्ने अनलाइन याचिकामा हस्ताक्षर गर्ने एक जनालाई १० लाख डलर दिने घोषणा गरेका अर्बपति उद्यमी एलन मस्कले शनिबार एक जनालाई सो रकमको चेक दिएका छन्। ‘(संविधानको) पहिलो र दोस्रो संशोधनले अभिव्यक्ति स्वतन्त्रता र हतियार राख्ने अधिकार प्रत्याभूति गर्छ। तल हस्ताक्षर गरेर म पहिलो र दोस्रो संशोधनलाई समर्थन गर्ने वाचा गर्छु,’ आगामी अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन आफ्नो सारा शक्ति लगाइरहेका म...

अमेरिकाको नेपाली मिडिया “खसोखास”लाई एक लाख डलरको पुरस्कार

अमेरिकाको नेपाली मिडिया “खसोखास”लाई एक लाख डलरको पुरस्कार
न्युयोर्क । अमेरिकाको न्युयोर्कबाट नेपाली समुदायका लागि सञ्चालित सामुदायिक सञ्चारमाध्यम खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ। स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि एक लाख डलर राशिसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो। स्थानीय समाचारलाई पुनः कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फरवार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको हो। प्रेस फरवार्डले मूलधारका सञ्चा...

अमेरिकी राष्ट्रपति निर्वाचन: बाइडेनद्वारा ४४ अर्ब ५० करोड डलर विद्यार्थी ऋण राहत स्वीकृत

अमेरिकी राष्ट्रपति निर्वाचन: बाइडेनद्वारा ४४ अर्ब ५० करोड डलर विद्यार्थी ऋण राहत स्वीकृत
वासिङ्टन । राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गर्नुभएको छ । पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित गर्र्ने ह्वाइट हाउसले बताएको छ । ह्यारिस नोभेम्बरको ह्वाइट हाउस दौडमा डेमोक्रेटिक उम्मेदवार हुनुहुन्छ । उहाँले रिपब्...

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि बुधबार रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । उक्त अवसरमा अध्यक्ष डा केसीले हालैको बाढी, पहिरो र डुुबानको खबरले आफूहरु मर्माहत भएको भन्दै संघको तर्फबाट एक करोड बराबरको राहत उपलब्ध गराएको र सो क्रम जारी रह...

राष्ट्रपति चुन्न श्रीलंकामा आज मतदान हुँदै

राष्ट्रपति चुन्न श्रीलंकामा आज मतदान हुँदै
काठमाडौँ । पर्याप्त विदेशी मुद्रा सञ्चित गर्न संघर्षरत श्रीलंकामा शनिबार राष्ट्रपतीय निर्वाचन हुँदैछ। मतदानको ठिक एक दिनअघि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुसँग १२ अर्ब अमेरिकी डलरभन्दा बढी ऋणपत्रको पुनर्संरचनाका लागि सहमति गरेको श्रीलंकामा वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघे पनि प्रतिस्पर्धामा छन् । यद्यपि ताजा जनादेश प्राप्त गर्न विक्रमसिंघेविरुद्ध बलिया प्रतिस्पर्धी चुनावी मैदानमा छन्। अर्थतन्त्र सुधारका लागि कडा नीति अपनाएका विक्रमसिंघेसँग श्रीलंकालाई तुलानात्मक रूपमा स्...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयासमा संलग्न आरोपितलाई बन्दुक अपराधको अभियोग

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयासमा संलग्न आरोपितलाई बन्दुक अपराधको अभियोग
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोपमा पक्राउ परेका एकजनालाई सङ्घीय बन्दुक अपराधको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पलाई हिजो फ्लोरिडामा गोली हान्ने असफल प्रयासपछि ५८ वर्षीय रेयान वेस्ले राउथ पक्राउ परेका थिए । उनलाई ट्रम्पको हत्या गर्ने योजना बनाएको आशङ्कामा पक्राउ गरेर शुरुमा बन्दुक अपराधको अभियोग लगाएपनि अदालतमा थप आरोपहरुका साथ मुद्दा दर्ता गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । अदालतको संक्षिप्त सुनुवाइका क्रममा...

चीनको छोङछिङ सहरमा नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने

चीनको छोङछिङ सहरमा नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने
काठमाडौं । लामो समयको प्रतीक्षापछि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । चीन र नेपालबीच संयुक्त सैन्य अभ्यास शुरू भएदेखि नै दक्षिणी छिमेकी मुलुक भारत, अमेरिका र युरोपियन युनियनले चासो दिने गरेका छन् । सगरमाथा फ्रेन्डसिप नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यास आउँदो असोज ५ देखि १५ गतेसम्म चीनको सिचुवान प्रान्तको छोङछिङ सहरमा आयोेजना हुने भएको छ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट १९ जना अधिकृतहरूको सहभागिता रहने भ...

सर्वाधिक राशीको ‘मेरो भ्वाइस’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ अमेरिकाबाट घोषणा

सर्वाधिक राशीको ‘मेरो भ्वाइस’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ अमेरिकाबाट घोषणा
न्यूयोर्क ।  सर्वाधिक पुरस्कार राशी भएका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शोहरु ‘मेरो भ्वाइस’ र ‘मेरो डान्स युनिभर्स’को सिजन-२ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ । एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको एक खुल्ला सांगीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गर्नुभएको हो । जसअनुसार, विश्वका विभिन्न मुलुकहरुमा स्थलगत अडिसन...