एप्पलको बहुप्रतीक्षित सस्तो आईफोन एसई सार्वजनिक हुँदै, केके होलान् फिचर ?
एजेन्सी । एप्पलको बहुप्रतीक्षित सस्तो आईफोन एसई यही बुधबार सार्वजनिक हुने भएको छ । कम्पनीका सीईओ टिम कुकले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट राख्दै एप्पल लन्च इभेन्टको घोषणा गरेका हुन् ।
बुधबार आईफोन एसई फोरसँगै एप्पलका अन्य उत्पादन तथा सेवाहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । यससँगै एप्पलको सबैभन्दा सस्तो आईफोन मोडल आईफोन एसई फोरको बिक्री दुई करोडभन्दा बढी हुने बताइएको छ । लिकर एवम् एप्पल विश्लेषक मिङ-चि कुओले यो आईफोन एसई इतिहासमै सबैभन्दा बढी युनिट बिक्री हुने ...









