Canada Nepal News

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ‘इरानले विगत आठ दिनमा देखेको भन्दा धेरै ठुलो त्रासदीको सामना गर्नेछ’

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ‘इरानले विगत आठ दिनमा देखेको भन्दा धेरै ठुलो त्रासदीको सामना गर्नेछ’
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक स्थलहरूमा आक्रमणपछि राष्ट्रका नाममा सम्बोधन गरे। ट्रम्पले सम्बोधनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिए, र इरानलाई शान्तिको बाटो रोज्न चेतावनी दिए। आक्रमण फोर्डो, नातान्ज र इस्फहानमा लक्षित थिए, र ट्रम्पले भने कि आक्रमण पूर्ण रूपमा सफल भएका छन्। वासिङ्टन डिसी । इरानको आणविक स्थलहरूमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। यस सम्बोधनमा उन...

डिजिटल यातायात प्रवर्द्धनमा चीन, ५ सय किलोमिटर स्मार्ट राजमार्ग तयार

डिजिटल यातायात प्रवर्द्धनमा चीन, ५ सय किलोमिटर स्मार्ट राजमार्ग तयार
एजेन्सी। चीनले स्मार्ट प्रविधिको प्रयोग गरी पाँच सय किलोमिटरभन्दा बढी राजमार्गको स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका ति राजमार्ग राष्ट्रिय परियोजनाको एक हिस्सा भएको जनाइएको छ। जसले लगभग ५४,००० किलोमिटर राजमार्ग र ७,५०० किलोमिटर जलमार्ग सहित ६०,००० किलोमिटरभन्दा बढी यातायात मार्गहरू समेट्ने यातायात मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उक्त सडकहरु एआई प्रविधिमा आधारित रहेको जनाइएको छ। उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार ग...

इरानका सर्वोच्च नेताविरुद्ध इजरायली रक्षामन्त्रीको आक्रोश: नयाँ हिटलर बाँच्ने कुनै अधिकार छैन

इरानका सर्वोच्च नेताविरुद्ध इजरायली रक्षामन्त्रीको आक्रोश: नयाँ हिटलर बाँच्ने कुनै अधिकार छैन
एजेन्सी । जुन १३ देखि इरान र इजरायलबीच युद्ध जारी छ। एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन् । यस क्रममा बिहीबारसम्म दुवैतर्फ गरेर कम्तीमा ६६० जना मारिएको र १ हजार ७ सय जनाभन्दा बढी घाइते भएको तथ्यांक सार्वजनिक भएको छ। यसबीच इजरायलले अब इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी पनि बाँकी नरहने चेतावनी दिइरहेको छ। बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले खामेनीलगायत इरानमा कोही पनि सुरक्षित नरहेको चेतावनी दिएका छन् भने रक्षामन्त्री इजरायल काट्जले खामेनीलाई ...

एयर इन्डिया जहाज दुर्घटना: जहाज बजारिएको होस्टलका १९ जनासहित २६० जनाको मृत्यु, एक यात्रु जिवित फेला

एयर इन्डिया जहाज दुर्घटना: जहाज बजारिएको होस्टलका १९ जनासहित २६० जनाको मृत्यु, एक यात्रु जिवित फेला
एजेन्सी । एयर इन्डियाको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तिमा २६० जना पुगेको छ। भारतको गुजरात प्रान्तस्थित अहमदाबादको मेघनीनगरमा बिहीबार दिउँसो भएको दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेको संख्या २६० जना पुगेको भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ। दुर्घटनामा एक यात्रु भने जिवित रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। जिवित भेटिएका यात्रु बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश छन्। उनको उपचार भइरहेको छ। एयर इन्डियाको बोइङ ७८७–८ जहाज अहमदाबा...

एयर इन्डिया विमान दुर्घटना: २४१ जनाको मृत्यु पुष्टि, एक यात्रु मात्र जीवित

एयर इन्डिया विमान दुर्घटना: २४१ जनाको मृत्यु पुष्टि, एक यात्रु मात्र जीवित
एजेन्सी । भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको छ। एक जना मात्र बाँच्न सफल भएका छन्। एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दुर्घटनामा परेको आफ्नो उडान नम्बर एआईआई७१ मा सवार कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको र एक मात्र जीवितको उपचार भइरहेको जानकारी दिएको हो। मृतकमा चालक दलका १२ सदस्य छन् भने यात्रु २२९ जना छन्। एयर इन्डियाक...

रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ – अमेरिकी राष्ट्रपति

रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ – अमेरिकी राष्ट्रपति
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुने बताएका छन्। जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसँग रूस-युक्रेन युद्धको विषयमा कुराकानी क्रममा ट्रम्पले दुवै देशलाई केही समय लड्न दिन उचित हुने बताएका हुन्। मर्जले युद्ध रोक्नका लागि रूसी राष्ट्रपति पुटिनमाथि दबाब बढाउन ट्रम्पलाई आग्रह गरेका थिए। तर ट्रम्पले अहिलेलाई छाडिदिनुपर्ने बताएका हुन्। 'मैले नकारात्मक रूपमा भनेको होइन। तर यी दुई देशलाई केही समय लड्न दिनु उपयुक्त हुन्छ,' ओभल...

रुस र युक्रेनबीच आक्रमण जारी: ८ जनाको मृत्यु, धेरै स्थानमा आगलागी

रुस र युक्रेनबीच आक्रमण जारी: ८ जनाको मृत्यु, धेरै स्थानमा आगलागी
एजेन्सी । रुसी सेनाले धेरै दिशामा कारबाही जारी राखेको बताएको छ। तर, युक्रेनले धेरै रुसी आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ। आफ्नो दैनिक व्रिफिङमा रूसी रक्षा मन्त्रालयले रुसी सेनाले मे १७ देखि २३ सम्म सुमी, खार्किभ र डोनेट्स्कमा छ वटा बस्तीहरू नियन्त्रणमा लिएको जनाएको छ। रूसी सेनाले युक्रेनी ट्याङ्कहरू, बख्तरबंद सवारी साधनहरू, तोपखानाहरू, इलेक्ट्रोनिक युद्धका लागि आधार स्टेशनहरू र गोला बारुद डिपोहरू नष्ट गरेको दाबी पनि गरेको छ। रूसी वायु रक्षा प्रणालीले रकेट प्रोजे...

आकर्षक तलबको प्रलोभन: अमेरिका र कुवेत पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

आकर्षक तलबको प्रलोभन: अमेरिका र कुवेत पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ
काठमाण्डाै । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र कुवेत पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-४ घर भई काठमाण्डौ महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ३० वर्षीय शक्ति खड्का र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–९ बस्ने २७ वर्षीय प्रविनकुमार मण्डल रहेका छन् । शक्तिले अमेरिका पठाइदिने भन्दै १ जनाबाट ५५ लाख र प्रविनले कुवेत पठाइदिने भन्दै २ जनाबाट ५ लाख रुपैया...

साउदी अरबमा कम्पनी टाट पल्टेपछि ४६९ नेपालीले पाएनन् पारिश्रमिक

साउदी अरबमा कम्पनी टाट पल्टेपछि ४६९ नेपालीले पाएनन् पारिश्रमिक
एजेन्सी । साउदी अरबको जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनी लि. टाट पल्टिने अवस्थामा पुगेपछि ४६९ नेपाली कामविहीन भएका छन्। उनीहरूमध्ये कतिपयले तलव भत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन रियादस्थित नेपाली दूतावाससँग आग्रह गरेका छन्। त्यससम्बन्धमा दूतावासले समस्या सम्बोधनका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ। दूतावासका अनुसार नेपाल फर्कन चाहनेहरूको बहिर्गमन भिसाका सन्दर्भमा साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक ...

विनाशकारी युद्धको सँघारबाट पछि हटे भारत-पाकिस्तान: तुरुन्त युद्धविराम, तटस्थ स्थानमा वार्तामा बस्ने सहमति

विनाशकारी युद्धको सँघारबाट पछि हटे भारत-पाकिस्तान: तुरुन्त युद्धविराम, तटस्थ स्थानमा वार्तामा बस्ने सहमति
एजेन्सी । दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन् । त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्। एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सरकार तु...