Canada Nepal News

अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्रसंघको अपील

भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन संयुक्त राष्ट्रसंघको अपील
एजेन्सी। भारत  सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणको बारेमा जानकारी दिँदै एक विज्ञप्ति जारी गरेको छ। संयुक्त राष्ट्र संघले उक्त विज्ञप्तिको जवाफ दिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारि भएको भारतीय सैन्य कारबाहीप्रति चिन्तित रहेको बताएका छन्। एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भने, ' एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम सैन्य संयम अपनाउन अपील...

भारतले गर्‍यो पाकिस्तानमा हवाई हमला: ३० जनाको मृत्यु भएको दाबी, आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्रीको भनाई

भारतले गर्‍यो पाकिस्तानमा हवाई हमला: ३० जनाको मृत्यु भएको दाबी, आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्रीको भनाई
एजेन्सी । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ। बुधबार राति भारतीय समयअनुसार १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेसन सिन्दुरुअन्तर्गत भारतले हवाई आक्रमण गरेको हो । यी तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। भारतीय पत्रिका दैनिक भास्करले अनुसार पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हव...

मार्क कार्नी र ट्रम्पबीच भेट: क्यानडालाई फेरि अमेरिकी राज्य बन्न ट्रम्पको प्रस्ताव, आफ्नो देश बिक्रीको लागि नभएको कार्नीको जवाफ

मार्क कार्नी र ट्रम्पबीच भेट: क्यानडालाई फेरि अमेरिकी राज्य बन्न ट्रम्पको प्रस्ताव, आफ्नो देश बिक्रीको लागि नभएको कार्नीको जवाफ
वासिङटन डिसी । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका छन्। ह्वाइट हाउसमा दुवै नेताले भेट गरेर धेरै विषयमा कुराकानी गरेका छन्। ट्रम्पले उनले क्यानडासँग मित्रता चाहेको बताएका छन्। उनले मिडियालाई अमरिकाले जस्तो अवस्था आए पनि क्यानडासँग मित्रता कायम राख्ने बताएका छन्। ट्रम्पले क्यानेडियाली जनताप्रति आफ्नो ठूलो सम्मान रहेको पनि उल्लेख गरे। क्यानडालाई संयुक्त राज्य अमेरिकाको ५१ औं राज्य बनाउने आफ्नो भनाइमा उनी यसपटक पनि...

भारत-पाकिस्तान तनाव: अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता

भारत-पाकिस्तान तनाव: अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता
 एजेन्सी। भारत–पाकिस्तान बढ्दो तनावलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरुले दुवै देशलाई कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आह्वानसमेत गरेका छन् । साउदी अरबले भारत र पाकिस्तानबीचको बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक उपायमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ । साउदी अरबको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भारत र पाकिस्तानबीच जारी तनाव तथा सीमापार भइरहेको लगातारको गोलाबारीप्रति ...

एनआरएनए संस्थापक थापाले भने : मे महिनामा संस्थाको विधान मिचेर आयोजना गर्न लागिएको अधिवेशनमा मेरो सहमति छैन

एनआरएनए संस्थापक थापाले भने : मे महिनामा संस्थाको विधान मिचेर आयोजना गर्न लागिएको अधिवेशनमा मेरो सहमति छैन
काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य रामप्रताप थापाले मे महिनामा प्रस्तावित 'एकता महाधिवेशन'मा सहभागी नहुने स्पष्ट घोषणा गरेका छन् । शनिबार जारी गरिएको विज्ञप्तिमा थापाले व्यक्तिगत आग्रह, पूर्वाग्रह वा रणनीतिक लाभका लागि संस्थाको विधान मिचेर आयोजना गरिने कुनै पनि अधिवेशन वा भेलामा आफ्नो सहमति नहुने बताएका छन्। उनले नेपालको समृद्धिको दूरदृष्टि लिएर स्थापित भएको एनआरएनएले आफ्नो २२ औं वार्षिकोत्सव मनाउन लागेको यो महत्वपूर्ण मोडमा संस्थाभित्र उत्पन्न अस...

क्यानडाको ह्यामिल्टनमा गोली चल्दा एक भारतीय विद्यार्थीको मृत्यु

क्यानडाको ह्यामिल्टनमा गोली चल्दा एक भारतीय विद्यार्थीको मृत्यु
टोरन्टो । क्यानडामा गोली लागी एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ। उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले प्रतिक्रिया जनाएको छ। 'हामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी २१ बर्षिया हरसिमरत रन्धावाको मृत्युबाट धेरै दुखी छौं,' कन्सुलेट जनरलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्। स्थानीय प्रहरीका अनुसार उनी निर्दोष व्यक्ति भएको दूतावासले उल्लेख गरेको छ। उनलाई दुई सवारी साधन बीचको गोली हानाहानको क्रममा गोली लागेको थियो। दूतावासले भन...

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर, फोन र कम्प्युटर बढी आयात हुँदा असन्तुलनमा वैदेशिक व्यापार

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर, फोन र कम्प्युटर बढी आयात हुँदा असन्तुलनमा वैदेशिक व्यापार
एजेन्सी । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो बर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत बर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो । सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन गरिएयताको उच्चतम स्तरमा रहेको छ। संयुक्त राज्य अमेरिकाको व्यक्तिगत कम्प्युटर र चीनबाट आएको स्मार्टफोनका कारण आयातको मूल्य एक वर्ष अघिको तुलनामा...

इटालीका प्रधानमन्त्री मेलोनी-अमेरिकी राष्ट्रपति ट्रम्प भेटवार्ता, अमेरिका र युरोपबीच व्यापार सम्झौताको सम्भावना

इटालीका प्रधानमन्त्री मेलोनी-अमेरिकी राष्ट्रपति ट्रम्प भेटवार्ता, अमेरिका र युरोपबीच व्यापार सम्झौताको सम्भावना
एजेन्सी । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेकी छन्। बीबीसीका अनुसार भेटघाटका क्रममा मेलोनी र ट्रम्पले अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताबारे कुरा गरेका छन्। ट्रम्पले भनेका छन्, ‘व्यापार सम्झौता हुने कुरा १०० प्रतिशत निश्चित छ, तर यो निष्पक्ष सम्झौता हुनेछ।’ ‘हामी सम्झौतामा पुग्ने कुरामा उनी विश्वस्त छन्’, मेलोनीले भनेकी छन्। उनले आफ्नो लक्ष्य 'पश्चिमलाई फेरि महान् बनाउने' भनेर वर्णन गरिन...

अमेरिकामा ३० दिनभन्दा बढी बस्नु परेमा ‘एलिएन रजिष्ट्रेशन’ अनिवार्य- नगरेमा जेल हाल्ने घोषणा

अमेरिकामा ३० दिनभन्दा बढी बस्नु परेमा ‘एलिएन रजिष्ट्रेशन’ अनिवार्य-  नगरेमा जेल हाल्ने घोषणा
  एजेन्सी । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकले एलिएन दर्ता ऐन (एलिएनरजिष्ट्रेशन एक्ट) अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने भएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आज (अप्रिल ११) विदेशी दर्ता ऐनअन्तर्गत दर्ता गर्ने अन्तिम मिति भएको जानकारी गराउँदै उक्त कुरा बताएकी हुन्। बीबीसीका अनुसार उनले भनेकी छन्, ‘एलिएन रजिस्ट्रेसन एक्टअन्तर्गत दर्ता गर्ने आज (अप्रिल ११) अन्तिम मिति हो। संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी ...

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो “ह्यान्ड्स अफ” प्रदर्शन

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो “ह्यान्ड्स अफ” प्रदर्शन
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो। यी प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यहरूमा लगभग १२०० स्थानमा भइरहेका छन्। यी विरोध प्रदर्शनहरूलाई “ह्यान्ड्स अफ” नाम दिइएको छ। यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलाहरू सहित धेरै मुद्दाहरूमा ट्रम्पको एजेन्डाप्रति आक्रोश व्यक्त गरेका छन्...