
काठमाडौं : नेकपा एमालेले यस वर्षको एसईई परीक्षामा अनुत्तीर्णहरूका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने भएको छ । उक्त कुराको जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बुटवलमा दिएका हुन् । अनेरास्ववियु रुपन्देहीले बुटवलमा एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसबारे जानकारी दिएका हुन् ।
अध्यक्ष ओलीले एसईई मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षाको व्यवस्था मिलाउने बताए । आफूले देश भरिका विद्यार्थीलाई निःशुल्क अनलाइन क्लास लिने व्यवस्था मिलाउने घोषणा उनले गरे ।