ह्वाइट हाउसले भन्यो – ‘अमेरिकी जनता युक्रेनलाई पैसा दिँदादिँदा थाकिसकेका छन्’
एजेन्सी । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले अमेरिकी जनता युक्रेनलाई पैसा दिँदा दिँदै ‘थाकिसकेको’ बताएकी छिन्।
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै लेभिटले भनिन्, “उनी (युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की) यस युद्धको व्यावहारिक वास्तविकतालाई स्वीकार गर्न अस्वीकार गरिरहेका छन्। यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ, उनका देशवासीहरू मरिरहेका छन्।”
“र यो युद्धलाई आर्थिक सहयोग गर्नेहरू अर्थान अमेरिकी जनता, उनीहरू यसको बिल तिर्दातिर्दा थाकेका छन्,” लेभिटले भनिन्...









