अमेरिकाबाट ठूलो संकट सामना गरिरहेको क्यानडाको नयाँ प्रधानमन्त्रीमा लिबरल पार्टीका “मार्क कार्नी” चयन: केही दिनमा सपथग्रहण हुने
एजेन्सी। नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले मार्क कार्नीलाई क्यानडाको अर्को नेता र प्रधानमन्त्रीको रूपमा घोषणा गरेको छ ।
पार्टीले आफ्नो घोषणामा कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिने बताएको छ । लिबरल पार्टीका अध्यक्ष सचित मेहराले लिबरल नेतृत्वको दौडमा पूर्व ब्रिटिश र क्यानेडियन केन्द्रीय बैंक प्रमुख मार्क कार्नीको विजयको घोषणा गरेका थिए । निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारी कार्नीले केही दिनमा शपथ लिने बीबीसीले जनाएको छ ।
रिपो...








