होर्मुज स्ट्रेटको ‘बाटोमा बाधक बनेमा’ ओमानलाई बम हानेर उडाइदिने डोनाल्ड ट्रम्पको धम्की
एजेन्सी । इरानले होर्मुज स्ट्रेटबाट हुने जलपरीवहन (सिपिङ) व्यवस्थापनका लागि खाडी अरब मुलुक ओमानसँग मिलेर काम गरिरहेको जनाइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि पुनः कडा धम्की दिएका छन्। यो जलमार्गलाई पूर्ण रूपमा पुनः खोल्नु अमेरिकाको मुख्य माग रहँदै आएको छ।
ट्रम्पले ‘फक्स न्युज’का पत्रकार त्रे यिङ्स्टसँग कुरा गर्दै यदि ओमान ‘बाटोमा बाधक बनेमा’ अमेरिकाले उसमाथि बमबारी गर्ने चेतावनी दिएका हुन्। ट्रम्पले आफ्नो भनाइमा जोड दिन आपत्तिजनक शब्द (अपशब्द) को प्रयोगसमेत ...









