×

अन्तर्राष्ट्रिय

इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः अमेरिकी नौसेनाको १२ जहाज अरब सागरमा परिचालन

इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः अमेरिकी नौसेनाको १२ जहाज अरब सागरमा परिचालन
वासिङ्टन। अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले इरानको तेल नेटवर्कसँग सम्बन्धित महत्त्वपूर्ण खार्ग टापुमा सैनिक लक्ष्यमा बमबारी गरेको छ। यो टापु इरानको मुख्य तेल निर्यात टर्मिनल भएको स्थान हो। अमेरिकी सेनाले टापुमा रहेका सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरेको र आवश्यक परे तेल पूर्वाधारलाई पनि निशाना बनाउन सकिने चेतावनी ट्रम्पले दिएका छन्। यसअघि इरानी संसदको अध्यक्ष मोहम्मद बाघेर कालीबाफले यस्ता आक्रमणहरू इरानको कडा प्...

इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने इरानको अडान

इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने इरानको अडान
खाडी देशसँग माफी माग्दै इरानद्वारा आक्रमण नगर्ने घोषणा, राख्यो यस्तो सर्त एजेन्सी । मध्यपूर्वमा जारी युद्ध दोस्रो हप्तामा प्रवेश गरिरहेका बेला इरानले इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले राष्ट्रलाई सम्बोधन गर्दै बाह्य दबाबका बीच पनि संघर्ष जारी राख्ने बताए। सरकारी टेलिभिजनबाट प्रसारित भाषणमा राष्ट्रपति पेजेस्कियानले इरानमाथि आक्रमण गर्नेहरूले इरानी जनतालाई झुकाउन सकिन्छ भन्ने सोच्नु गलत हु...

अमेरिका र इसराइल हमला: इरानका रक्षामन्त्री र आइआरजिसी कमान्डर मारिएको दाबी

अमेरिका र इसराइल हमला: इरानका रक्षामन्त्री र आइआरजिसी कमान्डर मारिएको दाबी
एजेन्सी। अमेरिका र इसराइलले इरानका रक्षामन्त्री र इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का कमान्डर मारिएको दाबी गरेको छ। शनिबार बिहान तेहरानमा अमेरिका र इसराइलले गरेको हवाई हमलामा इरानी रक्षामन्त्री अमिर नासिरजादेह र आइआरजिसी कमान्डर जनरल मोहम्मद पाकपुर मारिएको तीन उच्च स्रोतलाई उद्धृत गरी अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। इसराइली अधिकारीहरूले पनि आइआरजिसी कमान्डर पाकपुर, रक्षामन्त्री नासिरजादेह तथा इरानका गुप्तचर प्रमुख हमलामा मारिएको सम्भावना रहेको ब...

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बार्ता: करदेखि भिसासम्मका लागि ऐतिहासिक सहमति

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बार्ता:  करदेखि भिसासम्मका लागि ऐतिहासिक सहमति
बेइजिङ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बेइजिङमा व्यापार, पर्यटनदेखि भिसा नियमसम्बन्धमा ऐतिहासिक सम्झौताका लागि सहमति भएको छ । क्यानाडाका प्रधानमन्त्री कार्नीले चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ अन्तर्गत ‘ऐतिहासिक सम्झौता’ भएको भन्दै यसका लागि चिनियाँ अधिकारीको प्रशंसा गरेका छन् । सम्झौताले वर्षौँदेखिको कुटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र विवाद अन्त्य गर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क...

फेब्रुअरी १७ बाट सुरू हुँदैछ रोचक कथाहरूले भरिएको चिनियाँ नयाँ वर्ष

फेब्रुअरी १७ बाट सुरू हुँदैछ रोचक कथाहरूले भरिएको चिनियाँ नयाँ वर्ष
बेइजिङ डायरी चिनियाँहरूले यही फेब्रुअरी १७ तारिख, (फागुन ५ गते) नयाँ वर्ष मनाउँदैछन्। यो दिन उनीहरू सर्प वर्षलाई बिदा गरेर घोडा वर्ष भित्र्याउँछन्। यो लेखमा चिनियाँ नयाँ वर्षबारे केही अनौठा चलन र प्रचलित कथाहरूको चर्चा गरिएको छ। चिनियाँ परम्परागत नयाँ वर्षलाई 'छुनच्ये' भनिन्छ। 'छुन' भनेको वसन्त हो र 'च्ये' भनेको चाड। त्यस कारण चिनियाँ नयाँ वर्षलाई 'छुनच्ये' अर्थात् वसन्त चाड भनिएको हो। यो चिनियाँहरूको सबैभन्दा ठूलो पर्व पनि हो। यसबारे निकै घतलाग्दा चिनियाँ लोककथाह...

क्यानडाको ब्रिटिस कोलम्बियामा गोलीकाण्ड: १० जनाको मृत्यु

क्यानडाको ब्रिटिस कोलम्बियामा गोलीकाण्ड: १० जनाको मृत्यु
क्यानडा । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित टम्बलर रिज सहरमा रहेको एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको छ। दशकौँयताकै घातक मानिएको यस घटनाले शान्त मानिने उक्त सहरलाई स्तब्ध बनाएको छ। मंगलबार दिउँसो टम्बलर रिज सेकेन्डरी स्कुलमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का अनुसार घटनास्थलमै छ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए। ...

विश्वकप फुटबल (फिफा)-2026 : प्रतियोगिता शुरु हुनु अघि विश्वकप ट्रफी अप्रिल र मे महिनामा क्यानडा भ्रमणमा आउने तयारीमा

विश्वकप फुटबल (फिफा)-2026 : प्रतियोगिता शुरु हुनु अघि विश्वकप ट्रफी अप्रिल र मे महिनामा क्यानडा भ्रमणमा आउने तयारीमा
एजेन्सी । विश्वकप फुटबल (फिफा) - 2026 प्रतियोगिता शुरु हुनु अघि विश्वकप ट्रफी क्यानडा आउँदैछ। ट्रफी अप्रिल ९ देखि मे २६ सम्म भ्यानकुभर, क्यालगरी, विनिपेग, मोन्ट्रियल, ह्यालिफ्याक्स, ओटावा र टोरन्टोमा रोकिनेछ। क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेको ४८ टोलीको यो प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म चल्नेछ। ७५-स्टप फिफा विश्वकप ट्रफी टुर जनवरी ३ मा साउदी अरेबियाको रियादमा सुरु भयो, जसमा पूर्व इटालियन स्टार एलेसेन्ड्रो डेल पिएरो हार्डवेयर लिएर आइपुगे। ...

अमेरिका-भारत अन्तरिम व्यापार सम्झौता :विश्व व्यापार र दीर्घकालीन प्रभाव

अमेरिका-भारत अन्तरिम व्यापार सम्झौता :विश्व व्यापार र दीर्घकालीन प्रभाव
एजेन्सी ।अमेरिका र भारतबीच भएको अन्तरिम व्यापार सम्झौता औपचारिक रूपमा सार्वजनिक भएसँगै विश्व व्यापार र भू-राजनीतिक वृत्तमा यसको अर्थ खोज्ने र विश्लेषण गर्ने कार्य अघि बढेको देखिन्छ। शुक्रबार (फेब्रुअरी-६) दुवै मुलुकले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताका मुख्य बुँदा सार्वजनिक गरेपछि यसलाई केवल व्यापारिक सहमति भनेर सीमित गर्न नसकिने अवस्था बनेको छ। यो सम्झौता आज अर्थात शनिबारदेखि नै लागू भएको छ, जसले दुई मुलुकबीचको सम्बन्धलाई आर्थिक सहयोगबाट रणनीतिक गठबन्धनतर्फ मोड्ने स्पष्...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यानडालाई १००% कर लगाउने धम्की: चीनसँगको व्यापार सम्झौता रोक्न चेतावनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यानडालाई १००% कर लगाउने धम्की: चीनसँगको व्यापार सम्झौता रोक्न चेतावनी
टोरण्टो । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पद्वारा क्यानडालाई १००% कर लगाउने पुनः धम्की दिएका छन । चीनसँगको व्यापार सम्झौता रोक्न चेतावनी दिदै उनले चीनले एक दिन क्यानडालाई ज्युदै खाने समेत बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ कम्युनिस्ट व्यापारिक दृष्टिकोणले क्यानडालाई 'निल्ने' र हाम्रो 'सामान्य जीवनशैली' समाप्त गर्ने पनि चेतावनी दिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री मार्क कार्नीमाथि फेरि व्यक्तिगत प्रहार मात्र गरेका छैनन्, यदि " क्यानडाले चीनसँग सम्झौता गर...

क्यानडाको टोरण्टोमा आइतबार ४० सेन्टिमिटरसम्म हिउँ पर्ने सम्भावना, बाताबरण क्यानडाद्वारा जाडोयामको चेतावनी

क्यानडाको टोरण्टोमा आइतबार ४० सेन्टिमिटरसम्म हिउँ पर्ने सम्भावना, बाताबरण क्यानडाद्वारा जाडोयामको चेतावनी
टोरण्टो । क्यानडाको टोरण्टो क्षेत्रमा आइतबार ४० सेन्टिमिटरसम्म हिउँ पर्ने सम्भावना रहेको छ भने बाताबरण क्यानडाद्वारा जाडोयामको चेतावनी समेत जारी गरिएको छ । आइतबार आउने जाडो मौसमको अर्को प्रहार अघि टोरन्टो र सम्पूर्ण दक्षिणी ओन्टारियोमा मौसमको खतरापूर्ण संकेत अर्थात सुन्तला रङको जाडो आँधीको चेतावनी समेत लागू गरिएको छ। वातावरण क्यानडाले केही क्षेत्रहरूमा २० देखि ४० सेन्टिमिटरसम्म हिमपात हुने सम्भावना रहेको र ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने भएकाले कहिलेकाहीं दृ...