भारतको लडाकु विमान दुबईमा दुर्घटनाग्रस्त, पाइलटको मृत्यु
एजेन्सी। संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर शोमा प्रदर्शनीको क्रममा भारतको स्वदेशी लडाकु विमान तेजस दुर्घटनाग्रस्त भएको छ। भारतीय वायुसेनाले दुबई एयर शोमा तेजस विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेको हो।
वायुसेनाले दुर्घटनामा गम्भीर घाइते भएका पाइलटको मृत्यु भएको बताएको छ। समाचार एजेन्सी पीटीआईले घटनाको भिडियो पोस्ट गरेको छ। भिडियोमा एउटा विमान जमिनतिर खसेको देख्न सकिन्छ। त्यसपछि आगोको मुस्लो र कालो धुवाँको मुस्लो देखिन्छ।
समाचार एजेन्सी पीटीआईका अनुसार आज दिउँसो २:१...








