अमेरिकी राष्ट्रपति ट्रम्पको कडा धम्की: इरानका पुल र विद्युत गृहहरू ध्वस्त पार्ने चेतावनी, संरचनाहरू ध्वस्त पारेर आफूहरूलाई झुकाउन नसक्ने इरानको जवाफ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणलाई थप तीव्र पार्ने चेतावनी दिएका छन् । बिहीबार अबेर राती सामाजिक सञ्जालमा एक प्रकाशन गर्दै उनले अमेरिकाले इरानमा बाँकी रहेका संरचनाहरू अझै ध्वस्त पार्न सुरु नै नगरेको बताएका छन् । ट्रम्प लेख्छन् , “अबको निशाना पुलहरू हुनेछन्, त्यसपछि बिजुली उत्पादन केन्द्र (पावर प्लान्ट) हरू!”
यसअघि ‘टाइम’ म्यागजिन(*पत्रिका)सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले रातारात इरानका तीनवटा ठूला पुलहरू बमबारी गरे...









