नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गते शनिवार हुने
काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनको लागि नयाँ मिति सार्वजनिक भएको छ।
आज महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्तिमार्फत यही असोज १२ गते शनिवार महासंघको निर्वाचन हुने जानकारी दिनुभएको हो ।
यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोकेपनि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि परिस्थिति असहज भएको कार्यवाहक अध्यक्ष विष्टको विज्ञप्तिमा भनिएको छ।
महासंघले आजै सरोकारवाला सबैको सहमतिमा मतदाता सूची निर्वाचन समितिलाई बुझाएको छ ।
भोलि भदौ २९ गते श...









