Canada Nepal News

नेपाल सेरोफेरो

युवा बहिर्गमन : समस्या कि अवसर !

युवा बहिर्गमन : समस्या कि अवसर !
काठमाडौं । हालसालै सामाजिक सञ्जाल तथा छापामा सिन्धुली जिल्लाको एक तस्बिर भाइरल भयो, जसमा वडाध्यक्ष युवराज पहाडी र एक स्थानीय महिलाले शव बोकेर दाहसंस्कारका लागि घाट लगिएको देखिन्छ। हिन्दु नेपाली परम्पराअनुसार महिलाले शव बोकेको सायदै देखिन्छ। सञ्जाल, छापा, चिया पसल, गाउँघर, भट्टी तथा चोकचोकमै यसको प्रशंसा र आलोचना भए। जसमा अधिकांश आलोचनाका सिकार पात्र नेपाली नेता तथा भनिएका कार्यकर्ता भए। यसै तस्बिरका लागि ‘म भए यसो गर्थें’ भन्ने खालका भाष्यसमेत निर्माण भए। यो त केवल प्रतिनिधि ...

चीनको छोङछिङ सहरमा नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने

चीनको छोङछिङ सहरमा नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने
काठमाडौं । लामो समयको प्रतीक्षापछि नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । चीन र नेपालबीच संयुक्त सैन्य अभ्यास शुरू भएदेखि नै दक्षिणी छिमेकी मुलुक भारत, अमेरिका र युरोपियन युनियनले चासो दिने गरेका छन् । सगरमाथा फ्रेन्डसिप नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यास आउँदो असोज ५ देखि १५ गतेसम्म चीनको सिचुवान प्रान्तको छोङछिङ सहरमा आयोेजना हुने भएको छ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट १९ जना अधिकृतहरूको सहभागिता रहने भ...

भारतीय र नेपाली प्रधानमन्त्री भेटबार्ता तयारी: मोदी र ओलीको न्युयोर्कमा भेटवार्ता हुने

भारतीय र नेपाली प्रधानमन्त्री भेटबार्ता तयारी: मोदी र ओलीको न्युयोर्कमा भेटवार्ता हुने
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाको साइड लाइनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीले मोदीलाई न्युयोर्कमा भेट्ने प्रस्ताव राखेका हुन् । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ताबारे प्रस्ताव राखेको छ। भारतीय पक्षले समय मिलेसम्म भेट्ने अनौपचारिक जवाफ दिइसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । महासभा भदौ २५ बाट सुरु हुँदैछ भने यसको उच्चस्तरीय छलफल...

दसैँका लागि यस वर्ष नयाँ नोटको सटही नदिने, हाल प्रयोग गरिरहेकै सफा र सुकिलो नोट साट्न पाइने

दसैँका लागि यस वर्ष नयाँ नोटको सटही नदिने, हाल प्रयोग गरिरहेकै सफा र सुकिलो नोट साट्न पाइने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले  जानकारी दिनुभयो । “नोट सटहीका लागि विगत वर्षहरूमा हामीले जसरी दिइरहेका छौँ, त्यसमा केही परिवर्तन भएको छैन । तर यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएक...

टिकटकको प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

टिकटकको प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौ । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरेको छ । ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।  

गोरखा र चितवन जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण

गोरखा र चितवन जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण
गोरखा । गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । वुटारमा निर्माणाधीन १०० मेघावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाको निर्माण सामग्री ढुवानीको सहजताका लागि उक्त ब्रिज बनाइएको हो । गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले निर्माण गरेको उक्त बेलिब्रिजको वुधवार उद्घाटन गरिएको छ । गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना र इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार...

गोरखाको गण्डकी गाउँपालिकामा विषादीको प्रयोग व्यापक: पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग

गोरखाको गण्डकी गाउँपालिकामा विषादीको प्रयोग व्यापक: पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग
गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाको ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ । ती सबै २०६५/६६ देखि आधुनिक तरकारी खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ । खेतीमा प्रयोग हुने अधिक विषादी नै त्यसको कारण रहेको दाबी गरिएपछि कृषिमन्त्री रामनाथ अधिकारीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा कार...

क्रिकेट विश्वकप लिग-२: नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

क्रिकेट विश्वकप लिग-२: नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
काठमाडौं । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको हो । यो टी-२० आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग -२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुदै छन् । खेलतालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग-२ अन्तर्गतको सिरिज हुने छन्...

हरितालिका (तीज) को अघिल्लो दिन आज दर खाइँदै

हरितालिका (तीज) को अघिल्लो दिन आज दर खाइँदै
काठमाडौं । हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई भो...

बाँकेमा झाडा पखालाबाट ४ जनाको मृत्यु, १० जना बिरामी

बाँकेमा झाडा पखालाबाट ४ जनाको मृत्यु, १० जना बिरामी
बाँके । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर-३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् । भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी गराउनु भयो । उहाँका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्...