Canada Nepal News

नेपाल सेरोफेरो

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ । जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।  

बाढी-पहिरो लगायतका विपद्‍बाट जेठ २८ यता १३१ जनाको मृत्यु

बाढी-पहिरो लगायतका विपद्‍बाट जेठ २८ यता १३१ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, ...

अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता बस र यात्रु, भारतीय विज्ञ टोलीद्वारा सोनार क्यामरा सहित खोजी जारी

अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता बस र यात्रु, भारतीय विज्ञ टोलीद्वारा सोनार क्यामरा सहित खोजी जारी
चितवन । नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएकामा भारतीय विज्ञ टोलीले खोज्दासमेत अझै फेला पार्न सकेको छैन। दुर्घटनाको एक हप्तापछि गत शनिबार आएको भारतीय टोलीले नेपाली सुरक्षाकर्मीसँग मिलेरआइतबारदेखि ‘सोनार क्यामरा’सहित खोजीकार्य सुरु गरेको थियो । आइतबार सिमलतालदेखि घुमाउनेसम्म करिब ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ...

साउनको पहिलो सोमबार आज, पशुपतिमा दर्शनार्थीको भिड

साउनको पहिलो सोमबार आज, पशुपतिमा दर्शनार्थीको भिड
काठमाडौं । सौरमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ। साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन्। साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ। यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आ...

पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै

पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर–४ चम्पादेवीमा पुष्पलालको स्मृतिमा श्रद्धाञ्जलि सभा, गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा ...

गुरुकुलमा संस्कृत पढ्दै दलित विद्यार्थी

गुरुकुलमा संस्कृत पढ्दै दलित विद्यार्थी
मकवानपुर ।  नेपाली भाषाको जननी भएर पनि संस्कृत भाषा आजभोली बिद्यालयहरुमा पढाई हुँदैन । संस्कृत भाषा भन्दा अंग्रेजी भाषाप्रतिको लगाव बिद्यार्थी र अभिभावकमा देखिन्छ । संस्कृत भाषाले नेपाली भाषा, परम्परा र संस्कृतिको जगेर्ना गर्ने भएकाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडानम्बर–१८ हर्नामाडीमा  १८ जना बालकहरु संस्कृत अध्ययन गरिरहेका छन् । तीमध्ये १५ जना दलित बालक रहेका छन् । दुई महिनाअघि वैदिक वानप्रस्थ आश्रमद्वारा सञ्चालित संस्कृत गुरुकुलमा भर्ना भएका हेटौंडा ८ का सम्राट...

तिते करेलीमा अमिलो ट्वाक्क

तिते करेलीमा अमिलो ट्वाक्क
काठमाडौं । गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वरमा मौलिक तीज गीत तिते करेलीमा अमिलो ट्वाक्क सार्वजनिक गरिएको छ। गीतमा शब्द रचना र संगीत प्रमोद भुषालको छ भने संगीत संयोजन कृष्ण बाजुराली र हुकलाइन लेक कुमारी भुषालको रहेको छ। गीतको भिडियोमा गायिका सुष्मा बीसी, मोडल नारायणी खत्री, संचिता बोलाखे, उमराज थापालगायतले अभिनय गरेका छन्। प्रविन थापाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा छायांकन राजेश घिमिरे र सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियो प्रमोद भुषालको ...

आज ४२औं बिपी स्मृति दिवस मनाइँदै

आज ४२औं बिपी स्मृति दिवस मनाइँदै
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन्। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक य...

भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन- रास्वपा

भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन- रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको दाबी गरेका हुन्। विज्ञप्तिमा यस प्रकरणमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो रेकर्डिङ आफूहरूसँग सुरक्षित रहे...

मुग्लिन- नारायणघाटको जोखिम यात्रा कहिलेसम्म ?

मुग्लिन- नारायणघाटको जोखिम यात्रा कहिलेसम्म ?
धादिङ । सामान्य बर्षा होस् वा चर्को घाम लागेको समय होस् पहिरो झरिरहने समस्या मुग्लिनदेखि नारायणघाटसम्मको यात्रामा सवारी चालक र यात्रुहरुले भोग्दै आएको वर्षौ बितिसकेको छ । पृथ्वी राजमार्गको यात्राका क्रममा जोखिम कहिलेसम्म मोल्ने, सवारी धनी र यात्रुहरुको गुनासो छ । सडक निर्माणको निहुँमा जथाभावी खनेर छाडिदिँदा र भौगर्भिक अध्ययनबिना नै सडक खन्ने कामको सुरुवात गर्दा यस्तो अवस्था आएको विज्ञहरुको भनाइ छ । मुग्लिन-नारायणघाट सडकखण्ड हुँदै तराईका जिल्लाहरु प्रवेश गर्दा सवारी चालक...