Canada Nepal News

नेपाल सेरोफेरो

सौर्य एयरलाइन्सको विमान दुर्घटना: आफन्तलाई आजै शव दिइने

सौर्य एयरलाइन्सको विमान दुर्घटना: आफन्तलाई आजै शव दिइने
काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ । उनका अनुसार चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ । ‘आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई हेरेर १४ वटा शवको लगभव पहिचान गरिएको छौं,’ डा. चौधरीलेभने, ‘बाँकी ४ वटा शवको डेन्टल एक्जामिनेसनमा रिर्पोट पोजेटिभ आज शव आफन...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक हुने

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन्...

लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
काठमाडौं । सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो । गड्तौलालाई एक महिनाका लागि भए पनि मुख्यसचिव नियुक्त गरिएको एक मन्त्रीले  जानकारी दिए । निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हाल्दा पहिलो पटक महिलाले नेतृत्व पाएको हो ।

सौर्य एयरलाइन्सको जहाजका क्याप्टेनले भने- १०० फिटमाथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ

सौर्य एयरलाइन्सको जहाजका क्याप्टेनले भने- १०० फिटमाथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ
काठमाडौं । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी छन्। क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको डा. थापाको भनाइ छ। ‘आँखा, नाक र टाउकोमा लागेका चोटको बुधबार नै उपचार गरिसकिएको छ,’ उनले भनिन्। दुर्घटना...

सौर्य एयरलाइन्सको विमान दुर्घटना: मृत्यु भएकाहरुको पोष्टमार्टम जारी, भोलिमात्र परिवारलाई बुझाइने

सौर्य एयरलाइन्सको विमान दुर्घटना: मृत्यु भएकाहरुको पोष्टमार्टम जारी, भोलिमात्र परिवारलाई बुझाइने
काठमाडौं । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन्। पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन्। एउटा शवलाई पोस्टमार्टम गर्नका लागि कम्तिमा पनि चार घन्टा लाग्ने चिकित्सकले बताएका छन्। सबैको पोस्टमार्टम गरेर भोलिसम्म...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यस किसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: एकै परिवारका ३ जनाको मृत्यु

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौँ ।  सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन्...

यी हुन् सौर्य एयरलाइन्सको जहाजमा सवार चालकदलका सदस्यसहितका यात्रु

यी हुन् सौर्य एयरलाइन्सको जहाजमा सवार चालकदलका सदस्यसहितका यात्रु
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए । जसमा मृतकहरु १८ जना विमानमा सवार रहेको  बताइएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट संजित कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, स...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १८ जनाको शव निकालियो

सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १८ जनाको शव निकालियो
काठमाडौँ ।  त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठा...

सौर्य एयरलाइन्सको विमान दुर्घटनाः विमानमा १९ जना सवार

सौर्य एयरलाइन्सको विमान दुर्घटनाः विमानमा १९ जना सवार
काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको छ । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।