Canada Nepal News

नेपाल सेरोफेरो

हिमताल विष्फोटको जोखिमले ‘ना’ र ‘बेदीङ’का वासिन्दा अनिदै

हिमताल विष्फोटको जोखिमले ‘ना’ र ‘बेदीङ’का वासिन्दा अनिदै
दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने च्छो-रोल्पा हिमताल जाने पैदलमार्गका दुई वस्ति ना र बेदीङ बाढी-पहिरोको जोखिममा परेको छ । च्छो- रोल्पा हिमताल विष्फोटको खतरा र वस्ति माथिको भीर खस्छकी भन्ने पिरलोले रातभरि अनिदो बस्नुपर्ने अवस्था भएको बेदीङको स्थानीय दावालमु शेर्पा बताउनु हुन्छ । निरन्तरको बर्षाका कारण च्छो– रोल्पा हिमताल विष्फोट भई हाल्छ की भन्ने त्रास पनि छ, अनि गाउँ माथिको भीर बग्छ कि भन्ने त्रास पनि छ, दावालमुले भन्नु भयो– त्यसैले वर्षा भएको बेला...

त्रिशूलीमा बेपत्ता यात्रु र बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुग्यो

त्रिशूलीमा बेपत्ता यात्रु र बसको खोजीका लागि भारतीय टोली नेपाल आइपुग्यो
काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएर असार २८ गते त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली नेपाल आइपुगेको छ । त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकार्यका लागि १२ सदस्यीय टोली स्थलमार्ग हुँदै नेपाल आइपुगेको हो । अहिले रूपन्देही आइपुगेको उक्त टोलीले आजै खोजीकार्य सुरु गर्नेछ । विभिन्न उपकरणसहित नेपाल आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य सुरु गर्ने जनाइएको छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिल...

विद्यालयको दिवा खाजा कार्यक्रमलाई सघाउदै लायन्स, ९० हजार बढी विद्यार्थी लाभान्वित

विद्यालयको दिवा खाजा कार्यक्रमलाई सघाउदै लायन्स, ९० हजार बढी विद्यार्थी लाभान्वित
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको विश्व खाद्य कार्यक्रम र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन ‘एलसीआइएफ’ले नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोग घोषणा गरेको छ । ती संस्थाले नेपालसहित चार देशका दिवा खाजका कार्यक्रमलाई आज ४० लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग घोषणा गरेका हुन् । उक्त अनुदानबाट नेपालको कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटका आठ सयभन्दा बढी विद्यालयका कक्षा पाँचसम्मका ९० हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने आज आयोजित कार्यक्रममा जानकारी दिइयो । लायन्स क...

उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्था समितिमा उजुरी

उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्था समितिमा उजुरी
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् । उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेक...

चौध हजार बढी महिला पदयात्रीले गरे गोसाइँकुण्डको अवलोकन

चौध हजार बढी महिला पदयात्रीले गरे गोसाइँकुण्डको अवलोकन
काठमाडौं । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित छ गोसाइँकुण्ड । लाङ्टाङको क्षेत्र धार्मिक तथा पर्यटकिय अवलोकनका लागि प्रसिद्द छ ।गत आर्थिक वर्षमा चौध हजार भन्दाबढी महिला पैदयात्रीले यहांको धार्मिक तथा पर्यटकिय भ्रमण गरेका छन् । बाह्य मुलुकका महिला हिमाली प्राकृतिक छटाको अवलोकन गर्न र आन्तरिक महिला हिमाली उच्च भागको अवलोकन एवं धार्मिक यात्राका लागि पर्यटकको रूपबाट यहाँ आउने गरेका छन् । गत आर्थिक वर्ष २०८०र८१ मा यस्ता १४ हजारभन्दा बढी महिलाले अवलोकन भ्रमण गरेका हुन् ।...

नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्नेगरी आवश्यक व्यवस्था मिलाइएको छ : सञ्चारमन्त्री

नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्नेगरी आवश्यक व्यवस्था मिलाइएको छ : सञ्चारमन्त्री
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षलाई आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अघि बढाउन आगामी आर्थिक वर्षलाई प्रारम्भिक वर्षको रुपमा लिई सोही अनुसारको कामको थालनी गर्ने योजना पनि प्रस्तुत गर्नुभयो । उहाँले सरकारले सूचना...

खनाल र भूसालले दौड छोडेपछि एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत

खनाल र भूसालले दौड छोडेपछि एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत
काठमाडौं : नेकपा एकीकृत समाजवादीको अध्यक्ष , सम्मानित नेता र महासचिव सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । यसअघि खनाल र भूसालले अध्यक्षमा दावी गर्दै आएका थिए । तर दुबैले अध्यक्षको दौडमा दावी छाडेपछि नेपाललाई सर्वसम्मत हुने बाटो खुलेको हो । तीन पद महाधिवेशन हलले आज सर्वसम्मत भएको घोषणा गरेको हो । सम्मानित नेता खनालले शुक्रबारसम्म ...

रास्वपा पार्टी होइन, ‘एनजीओ’ बन्यो : मुकुल ढकाल

रास्वपा पार्टी होइन, ‘एनजीओ’ बन्यो : मुकुल ढकाल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा पार्टी नभएर गैरसरकारी संस्था (एनजीओ)जस्तो बनेको निष्कर्ष निकालेका छन् । बिहीबार रास्वपाले सार्वजनिक गरेको ढकालको प्रतिवेदनमा पार्टीमा राजनीतिक संस्कार र बुझाइमा अत्यन्त कमी देखिएको उल्लेख छ । “राजनीतिक पार्टीको मूल विचार एउटै हुनपर्छ र मूल विचारको बाटोमा हिँड्दा, कता कहीँ जानेमा द्विविधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा, एउटा एनजीओ जसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक दे...

सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छु : मन्त्री बुढा

सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छु : मन्त्री बुढा
काठमाडौं : शहरी विकास मन्त्री धनबहादुर बुढाले आफूले सांसदहरुको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो । मन्त्री बुढाले बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन, मानव विकास सूचकांक, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औँ पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयहरुलाई आधार बनाइएको पनि बताउनुभयो । उहाँले जनता आवास कार्यक...

निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका १२० दिनका उपलब्धिहरू

निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका १२० दिनका उपलब्धिहरू
काठमाडौं : सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष संयुक्त रूपमा राजीनामा दिएकी छन् । यस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकी निवर्तमान मन्त्री भगबती चौधरीले आफ्नो १२० दिने मन्त्री कार्यकालका क्रममा भएका महत्त्व...