Canada Nepal News

नेपाल सेरोफेरो

रास्वपा पार्टी होइन, ‘एनजीओ’ बन्यो : मुकुल ढकाल

रास्वपा पार्टी होइन, ‘एनजीओ’ बन्यो : मुकुल ढकाल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा पार्टी नभएर गैरसरकारी संस्था (एनजीओ)जस्तो बनेको निष्कर्ष निकालेका छन् । बिहीबार रास्वपाले सार्वजनिक गरेको ढकालको प्रतिवेदनमा पार्टीमा राजनीतिक संस्कार र बुझाइमा अत्यन्त कमी देखिएको उल्लेख छ । “राजनीतिक पार्टीको मूल विचार एउटै हुनपर्छ र मूल विचारको बाटोमा हिँड्दा, कता कहीँ जानेमा द्विविधा भएमा छलफल अनुसार निर्णय गर्नुपर्नेमा, एउटा एनजीओ जसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक दे...

सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छु : मन्त्री बुढा

सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छु : मन्त्री बुढा
काठमाडौं : शहरी विकास मन्त्री धनबहादुर बुढाले आफूले सांसदहरुको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो । मन्त्री बुढाले बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन, मानव विकास सूचकांक, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औँ पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयहरुलाई आधार बनाइएको पनि बताउनुभयो । उहाँले जनता आवास कार्यक...

निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका १२० दिनका उपलब्धिहरू

निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका १२० दिनका उपलब्धिहरू
काठमाडौं : सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष संयुक्त रूपमा राजीनामा दिएकी छन् । यस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकी निवर्तमान मन्त्री भगबती चौधरीले आफ्नो १२० दिने मन्त्री कार्यकालका क्रममा भएका महत्त्व...

माधव नेपाल अध्यक्षमा सर्वसम्मत

माधव नेपाल अध्यक्षमा सर्वसम्मत
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको बताइएको छ । यसअघि नेता घनश्याम भुसालले अध्यक्षमा दावेदारी गर्दै आएका थिए । तर छलफलका क्रममा उनले सहमतिमा आउने संकेत गरेसँगै नेपाल अध्यक्षमा सुरक्षित भएका हुन् । भुसाललाई महासचिव वा वरिष्ठ उपाध्यक्षमध्ये एक पदमा सुनिश्चित गर्ने तयारी भइरहेको छ ।

एमालेले एसईई अनुत्तीर्णका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने

एमालेले एसईई अनुत्तीर्णका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने
काठमाडौं : नेकपा एमालेले यस वर्षको एसईई परीक्षामा अनुत्तीर्णहरूका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने भएको छ । उक्त कुराको जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बुटवलमा दिएका हुन् । अनेरास्ववियु रुपन्देहीले बुटवलमा एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसबारे जानकारी दिएका हुन् । अध्यक्ष ओलीले एसईई मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षाको व्यवस्था मिलाउने बताए । आफूले देश भरिका विद्यार्थीलाई निःश...

राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ

राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ
काठमाडौं : बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि।सं। ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने भन्दै दीर्घकालीन राजनीतिक स्थायित्वका लागि मुख्यगरी तीन कुरामा संविधान संशोधन गर्नुपर्ने बताए ।...

राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं : सरकारले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बिहीबार जनाएको छ ।

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो
काठमाडौं : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ आषाढ २० गते छिचोलिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए । सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमानै सुरुङमा...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी
काठमाडौं : सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ । समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका अधिकारीको भनाइ सुन्ने र छलफल गरी अध्ययन गरिरहेको समितिका सचिव बबिता मिश्रले जानकारी दिइन् । यही असार २३ गते समिति गठन भएको एक महिना पूरा हुँदैछ । एक महिनामा भएका उपलब्धि सार्वजनिक गर्ने तयारीसमेत गरिएको मिश्रले जानकारी दिइन् । उनका अनुसार समितिको आजको बैठकमा महालेखापरीक्षक, सम्पत्ति शुद्ध...

प्रचण्डलाई विश्वासको मत दिन्छौं : महासचिव भुसाल

प्रचण्डलाई विश्वासको मत दिन्छौं : महासचिव भुसाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस-एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन् । उनले संबिधान संशोधनको बारेमा दुवै दलले स्पष्ट ब्याख्या नगरेको र आफुहरुसँग पनि कुनै छलफल नगरेको बताए । महासचिव भुसालले जारी महाधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रया...