Canada Nepal News

पर्यटन

जुनमा ७६ हजार विदेशी पर्यटक आए नेपाल

जुनमा ७६ हजार विदेशी पर्यटक आए नेपाल
२०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। गत वर्षको यसै अवधिमा ७२ हजार २५० विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। यस्तै २०२४ को जनावरीदेखी जुनसम्म (६ महिना)मा ५ लाख ८३ हजार १६ पर्यटक भ्रमणमा आएका नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक नेपाल भ्रमणमा आएका थिए। जुन महिनामा सबैभन्दा धेरै भारतीय प...

चिनियाँ भाषाको तालिम लिँदै नेपालका पर्यटन व्यवसायीहरू

चिनियाँ भाषाको तालिम लिँदै नेपालका पर्यटन व्यवसायीहरू
काठमाडौं : नेपालमा पर्यटन व्यवसायीहरुले चिनियाँ भाषाको तालिम लिएका छन् । गत मंगलबरदेखि नेपाली पर्यटन व्यवसायीहरुले छैटौं चिनियाँ भाषा तालिम लिन शुरु गरुेका हुन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा तालिम सत्र आयोजना गर्दै आएको नेपाल चाइना कल्चरल एण्ड एजुकेशन काउन्सिलका अध्यक्ष हरिशचन्द्र शाहले ६ महिना लामो कार्यक्रममा ६० जना नेपालीले चिनियाँ भाषाको तालिम लिने जानकारी दिनुभयो । विगतका पाँच तालिममा दुई सय नेपाली पर्यटन व्यवसायीलाई तालिम दिइएको छ । नेपालको विकासका लागि चीन ‘बल...

१६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

१६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री तामाङले नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका लागि समिति गठन गरिएको बताउनुभयो । उहाँले सो निगमलाई सञ्चालन गर्न निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा पनि सरकारले गम्भी...

मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै

मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताउनुभएको छ । रामेछापको मन्थली नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘मन्थली पर्यटन प्रवर्द्धन’कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले विगतको तुलनामा मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिएका बताउनुभयो । “विमानस्थलमा समयानुकूल सुधार भएपछि यहाँबाट विगतमा भन्दा उडान सङ्ख्या २० प्रतिशतले बढेको छ, विमानस्थलमा पूर्वाधार थपिँदै गएको छ”, उहाँले भन्नु...

बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल

बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल
काठमाडौं : चितवन निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ तर यस वर्ष भने बर्सातको समय ‘अफ सिजन’ नभएको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । जङ्गल सफारीका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा यही असार १६ देखि जिप सफारीका लागि जङ्गल प्रवेशमा रोक लगाइएको छ । निकुञ्जभित्र प्रवेश रोक लगाए पनि मध्यवर्ती क्षेत्रमा भने पर्यटकको गतिविधि रोकिएको छैन । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले भन्नुभयो,“निकुञ्जमा जिप सफारी बन्द हो, अन्य गतिविधि बन्द होइन । त...

निरन्तरको झरीले प्याराग्लाइडिङ प्रभावित

निरन्तरको झरीले प्याराग्लाइडिङ प्रभावित
काठमाडौं : बर्खामासको निरन्तर झरीले गर्दा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान ठप्प भएको छ । पोखराको पर्यटन बिस्तारै फस्टाउन लाग्दा बर्खामासको झरीले पर्यटन व्यवसायीको अपेक्षालाई निथु्रक्क भिजाएको छ । अहिले पोखरामा भारतीय पर्यटक छन् । झरीले गर्दा पर्यटक पनि बाहिर निस्कन नसक्ने अवस्था छ । पोखरा आएर प्याराग्लाइडिङ गर्ने भारतीय पर्यटक झरीका कारण उड्न सकेका छैनन् । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले झरीले गर्दा प्याराग्लाइडिङ उडान ठप्प भएको...

‘खुम्बु क्षेत्र’ मा पूर्वाधार विस्तार गरिँदै

‘खुम्बु क्षेत्र’ मा पूर्वाधार विस्तार गरिँदै
काठमाडौं : सगरमाथा पदयात्रा पदमार्ग (एभरेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवागमन सहज बनेको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै एक करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने स...