Canada Nepal News

काठमाडौं : भारी वर्षा र नदीको सतह बढेपछि उत्तरी म्यानमारका विभिन्न शहरहरूमा बाढीले २५ सय भन्दा बढी घरपरिवार बिस्थापित भएका छन् । काचिन राज्यको मित्किनामा, अय्यारवाडी नदीको पानीको स्तर अत्याधिक बढेको बताइएको छ । जसबाट २ हजार ६४ घरधुरी बिस्थापित भएका छन् । काचिन राज्यको हपाकान्त टाउनसिपमा, भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित घडट घरधुरीका मानिसहरूलाई अर्को ठाउँमँ सारिएको छ । सागिङ क्षेत्रको हकामती टाउनमा मंगलबार चिन्दविन नदीको पानीको सतहले चेतावनीको सीमा नाघेको र १८८ घरधुरीलाई विस्थापित गरेको प्रतिवेदनले जनाएको छ ।

बुधबार उत्तरी म्यानमारको काचिन राज्यका मोगाउङ र भामोलगायतका धेरै सहरहरूमा अय्यारवाडी नदी र खाडीहरूको पानीको स्तर सीमा भन्दा बढी भएको बताइएको छ । मौसम एजेन्सीले नदीको किनारमा बस्ने बासिन्दाहरूलाई र शहरका तल्लो क्षेत्रहरूमा सावधानी अपनाउन पनि सल्लाह दिएको छ ।