Canada Nepal News

एजेन्सी । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेकी छन्।

बीबीसीका अनुसार भेटघाटका क्रममा मेलोनी र ट्रम्पले अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताबारे कुरा गरेका छन्।

ट्रम्पले भनेका छन्, ‘व्यापार सम्झौता हुने कुरा १०० प्रतिशत निश्चित छ, तर यो निष्पक्ष सम्झौता हुनेछ।’

‘हामी सम्झौतामा पुग्ने कुरामा उनी विश्वस्त छन्’, मेलोनीले भनेकी छन्।

उनले आफ्नो लक्ष्य ‘पश्चिमलाई फेरि महान् बनाउने’ भनेर वर्णन गरिन्।