Canada Nepal News

एजेन्सी। भारत  सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणको बारेमा जानकारी दिँदै एक विज्ञप्ति जारी गरेको छ। संयुक्त राष्ट्र संघले उक्त विज्ञप्तिको जवाफ दिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारि भएको भारतीय सैन्य कारबाहीप्रति चिन्तित रहेको बताएका छन्।

एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले भने, ‘ एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम सैन्य संयम अपनाउन अपील गरेका छन्। विश्वले भारत र पाकिस्तान बीचको सैन्य टकराव सहन सक्दैन।’

यसअघि मे ५ मा, गुटेरेसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव धेरै वर्षयताकै उच्चतम बिन्दुमा रहेको बताएका थिए। उनले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका थिए।