Canada Nepal News

एजेन्सी। चीनले स्मार्ट प्रविधिको प्रयोग गरी पाँच सय किलोमिटरभन्दा बढी राजमार्गको स्तरोन्नति गरेको छ।

स्तरोन्नति गरिएका ति राजमार्ग राष्ट्रिय परियोजनाको एक हिस्सा भएको जनाइएको छ। जसले लगभग ५४,००० किलोमिटर राजमार्ग र ७,५०० किलोमिटर जलमार्ग सहित ६०,००० किलोमिटरभन्दा बढी यातायात मार्गहरू समेट्ने यातायात मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

उक्त सडकहरु एआई प्रविधिमा आधारित रहेको जनाइएको छ। उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ।

यस्तो किसिमको स्तरोन्नतीले सबैखाले मार्गहरुलाई यातायात कोरिडोरहरूको कनेक्टिभिटी बढाउन प्राथमिकता दिइएको छ।