
टोरण्टो । सामाजिक उत्तरदायित्व अन्तर्गत ‘फरक सोच क्यानडा’ले ब्राम्टनस्थित श्री पशुपतिनाथ मन्दिरमा स्नानकोठा तथा शौचालय निर्माणका लागि हालै मन्दिरमा भएको एक धार्मिक कार्यक्रमा क्यानेडियन डलर ५,१०० (पाँच हजार एक सय) सहयोग गर्ने घोषणा गरेको छ ।
संस्थाका अनुसार मन्दिरमा नियमित पूजा तथा धार्मिक गतिविधिका क्रममा भक्तजनहरूलाई आवश्यक सुविधाको अभावमा असहजता भोग्नु परिरहेको अवस्था छ। उक्त समस्या समाधानका लागि आगामी सेप्टेम्बर महिनाभित्रै आर्थिक सहयोग रकम प्रदान गरिने जानकारी दिइएको छ ।
फरक सोच क्यानडाका संयोजक ध्रुव भट्टराईका अनुसार मन्दिरमा बढ्दो भक्तजनको सहभागिता र विविध धार्मिक कार्यको आवश्यकतालाई दृष्टिगत गर्दै संरचनात्मक सुविधा विस्तार अत्यावश्यक बनेको हो। उनका अनुसार यसले भक्तजनहरूको सुविधामा महत्वपूर्ण भूमिका खेल्नेछ ।
संस्थाले आगामी दिनहरूमा पनि धार्मिक, सामाजिक तथा सामुदायिक क्षेत्रमा यस्ता सकारात्मक पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।