Canada Nepal News

टोरण्टो । एनआरएनए क्यानडाको (बर्ष २५-२७) निर्वाचन जुलाई २७ तारेख (आईतवार) हुँदैछ । आइतबार हुने निर्वाचनमा अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको छ । अध्यक्ष पदमा जगन (जगन्नाथ) सापकोटा, चन्दा (चन्द्रा) अधिकारी, किरोज श्रेष्ठ, बिद्या भूषण कार्की र सुरज अधिकारीको उम्मेदवारी रहेको छ ।

उपाध्यक्ष (केन्द्रीय) मा सुशान्त रावत, प्रतीक भन्डारी र आशिर्वाद सुवेदी त्यस्तै उपाध्यक्ष (एट्लान्टिक)मा दीपक बुढाथोकी र हरी बराकोटी तथा उपाध्यक्ष (पश्चिम्) मा दीपेन्द्र पाण्डे र बिशाल थापाको प्रतिस्पर्धा रहेको छ ।

महासचिवमा रमेश भट्टराई, पुर्ण खड्का र सर्मिला रानाभाटको प्रतिस्पर्धा छ भने कोषाध्यक्षमा इन्दिरा रिजाल, बिदुर केसी र रायन तिवारी प्रतिस्पर्धामा रहेका छन ।

सचिब पदमा सुशील भुसाल, रबिन कंडेल र बिजय लम्साल तथा सह-कोषाध्यक्षमा गंगाराम भण्डारी, विमलराज चुडाल र नेत्र अम्गाईको उम्मेदवारी रहेको छ भने युवा संयोजकमा भने हेमराज काफ्ले र विवेक धिमालको उम्मेदवारी रहेको छ ।

५ जना आईसीसी सदस्यमा ८ जनाको उम्मेदवारी रहेको छ । सो प्रतिस्पर्धामा पिताम्बर भट्टराई, विशाल घिमिरे, दिनेश घिमिरे, कमल भट्टराई, रमेश रिजाल, सन्तोष बिश्वकर्मा, कुल सापकोटा र पिता पौडेल रहेका छन ।

विभिन्न प्रदेश र क्षेत्रबाट सदस्य पदहरुमा प्रतिस्पर्धा रहेको छ ।

२ पदाधिकारीको पदमा ५ जना सर्वसम्मत 

एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा र डा. पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समिक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत बिजयी भएका छन । शनिबार स्कारब्रोमा भएको साधारण सभाले उनीहरुलाई सर्वसम्मत बिजयी बनाएको हो । सो दुबै पदमा भएको विवाद मिलाउन उम्मेदवारी दिएका पाचै जनालाई सर्वसम्मत बिजयी गराईएको जनाइएको छ । उपाध्यक्ष (संघीय सरकार सम्पर्क) पदमा भने जानकी पन्डित र युवा सम्योजक (महिला) पदमा स्विकृति खड्काको एकल उम्मेदवारी परेकोले उनीहरू निर्बिरोध बिजयी भएका हुन ।

त्यसैगरी उत्तरी ओन्टारीयोको सट्बरीबाट बिनोद गुरुङ, नोभा स्कोसीया/पीईआईबाट मनोजकुमार थापा, क्युबेकबाट जीवन पन्त, ओटावाबाट याम गोतामे, नायग्राबाट भरत कुमार शर्मा, किचनर/वाटरलुबाट मनोज भण्डारी, मनीटोवाबाट विवेक गौतम, सास्काचनबाट नारायणप्रसाद दहाल, ब्रीटिस कोलम्बियाको भिक्टोरियाबाट पारसदीप सुवेदी, सरेबाट बिनोद शर्मा, भ्यानकुवरबाट गोबिन्द क्षेत्री निर्बिरोध बिजयी भएका छन । अल्वर्टाको एडमन्टनबाट नरेश पोख्रेल, महिला तर्फ ईश्वरी केसी र सगुन पान्डे, क्यालगरीबाट खुमाराज पान्डे, भिम तिवारी र महिला तर्फ प्रीन्जीया ढुङेल पनि निर्विरोध निर्वाचित भएका छन ।