एजेन्सी । जारी युद्धका बिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् ।
उनले इरानको क्षेत्रमा पर्ने ऊर्जा ढुवानीका लागि विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका हुन्।
ट्रम्पले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोलेन भने अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी ध्वस्त पार्नेछ र आक्रमण सबैभन्दा ठुलो प्लान्टबाट सुरु गर्नेछ।’
इरानले शनिबार साँझ इजरायलमा दुई क्षेप्यास्त्र प्रहार गरेको केही घण्टापछि ट्रम्पबाट उक्त चेतावनी आएको हो।
इरानले शनिबार साँझ इजरायलमा गरेको आक्रमणमा १०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। यो हमला युद्ध सुरु भएयताकै घातक भएको बीबीसीले उल्लेख गरेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु स्वयंले शनिबार साँझ भएको आक्रमणलाई ‘धेरै कठिन साँझ’ भनेका छन्।
यसअघि शनिबार यूएईसहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरी स्ट्रेट अफ होर्मुज सुरक्षाका लागि योगदान गर्न तयार रहेको घोषणा गरेका थिए।
स्ट्रेट अफ होर्मुज : के हो र कहाँ छ ?
अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।
विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ।
यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।
युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।
अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ।जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्यो: जवाफ दिइनेछ, युद्ध अब नयाँ चरणमा पुग्यो
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ ४८ घण्टाभित्र नखोले ठुलो आक्रमण गर्ने धम्की दिएपछि इरानले पनि त्यसको जवाफ दिइने चेतावनी दिएको छ।
इरानको सरकारी सञ्चारमाध्यमले भनेको छ, ‘यदि इरानका इन्धन र ऊर्जा केन्द्रहरूमा आक्रमण गरिए देशको सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा पूर्वाधारहरूलाई निसाना बनाउनेछ।’
इरानले अगाडि भनेको छ, ‘युद्ध अब नयाँ चरणमा पुगेको छ।’
यसअघि ट्रम्पले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोलेन भने अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी ध्वस्त पार्नेछ र आक्रमण सबैभन्दा ठुलो प्लान्टबाट सुरु गर्नेछ।’
इरानले शनिबार साँझ इजरायलमा गरेको आक्रमणमा १०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। यो हमला युद्ध सुरु भएयताकै घातक भएको बीबीसीले उल्लेख गरेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु स्वयंले शनिबार साँझ भएको आक्रमणलाई ‘धेरै कठिन साँझ’ भनेका छन्।
यसअघि शनिबार यूएईसहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरी स्ट्रेट अफ होर्मुज सुरक्षाका लागि योगदान गर्न तयार रहेको घोषणा गरेका थिए।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
यसैबिच अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक शनिबार सार्वजनिक अभिव्यक्ति दिएका छन्।
जसमा उनले शीर्ष र वरिष्ठ नेता तथा अधिकारी मारिए पनि उनीहरूको आन्दोलन कमजोर नहुने उल्लेख गरेका छन्।
क्यानाडा नेपाल










