एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन यही मे १९ तारिख चीन भ्रमणमा निस्किने भएका छन्।
रुसको राष्ट्रपति कार्यालय (क्रेमलिन) ले शनिबार विज्ञप्ति जारी गरी राष्ट्रपति पुटिनले मे १९ र २० मा दुई दिन चीन भ्रमण गर्ने घोषणा गरेको हो।
क्रेमलिनको विज्ञप्तिअनुसार ‘भ्रमणका क्रममा पुटिनले चीनका राष्ट्रपति सी चिनफिङसँग महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाबारे छलफल गर्नेछन् र वार्ताको अन्त्यमा दुवैले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्नेछन्।’
यसअघि शुक्रबार मात्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका थिए।
बुधबार, बिहीबार र शुक्रबार तीन दिन चीन भ्रमण गरेका ट्रम्पले सी चिनफिङसँग पटकपटक भेट र संवाद गरेका थिए।
त्यसलगत्तै रुसका राष्ट्रपति पुटिनले चीन जाने कार्यक्रम घोषणा गरेका हुन्।
क्यानाडा नेपाल










