
टोरण्टो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम तथा चार्टर नाईट कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा १२ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालका युथ प्रोग्राम चेयरपर्सन तथा नेपाल ब्लड डोनर्स एसोसिएसनका बोर्ड अफ डाईरेक्टर अमृत क्षेत्रीको संयोजकत्वमा “रक्तदान -जीवन दान” भन्ने मुल मर्मलाई मनन गर्दै रक्त सन्चार केन्द्र मिसिसागामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । सो अबसरमा घनश्याम भट्टराई, सुनिल अधिकारी, दामोदर पौडेल, ऋषि पोख्रेल, रमेश धिताल, ध्रुब भट्टराई, तुलसी कार्की, अनिल ज्ञवाली, रमेश भट्टराई, रामहरि कोईराला, जय प्रकाश बिस्ट, टीपी सापकोटाले रक्तदान गर्नुभएको थियो ।
क्लबको चार्टर नाईट कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालले आफ्नो ऐतिहासिक चार्टर नाइट भव्य समारोहलाई एकता र मित्रताको साथ मनाएको छ । चार्टर प्रेसीडेन्ट घनश्याम भट्टराईको नेतृत्वमा २८ जना नेपाली यूवाहरूले सुरू गरेको क्लबको औपचारिक स्थापना र पदस्थापन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ए७११ का डिष्ट्रिक गभर्नर अब्दुल्ला गमन्धीले क्लबको औपचारिक चार्टर सर्टिफिकेट हस्तान्तरण, पिन प्रदान र सपथ गराउनु भएको थियो।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ए ७११ का सिनियर भाईस प्रेसिडेन्ट लायन भेरोना पाएनी, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर पिबी कगुम्बा, पास्ट डिष्ट्रिक गभर्नर ड्यान सबन्दा, जोन ए६ का चेयरपर्सन शामिन्दा परेरा, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन एना स्टोबर्टले शुभकामना स्वागत व्यक्त गर्नु भएको थियो।
सो कार्यक्रमको औपचारिक सुभारम्भमा हालै नेपालमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सम्झनामा मैनबत्ती बालेर कार्यक्रममा सहभागी सबैले एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा नेपाल र क्यानडाको राष्ट्रिय गान बजाएर उपस्थित सबैले उभिएर सम्मान प्रकट गर्दै क्लबले अँगालेको दुई देशको सांस्कृतिक सम्बन्धलाई प्रतीकात्मक रूपमा देखाईएको थियो ।
चार्टर प्रेसिडेन्ट भट्टराईले स्वागत मन्तव्यमा क्लबको स्थापनाले समुदाय सेवा सुदृढ पार्ने, एकता प्रवर्द्धन गर्ने र स्थानीय तथा विश्वव्यापी मानवीय कार्यमा योगदान पुर्याउने उद्देश्य भएको उल्लेख गर्नुभयो।
क्लबका सेक्रेटेरी ध्रुवमणि पौडेलले संचालन गर्नुभएको कार्यक्रममा स्पोन्सर क्लब मिसिसागा कोकभिल्सका अध्यक्ष आश अधिकारी, गैर आवासीय नेपाली संघ (एनआरएनए) का सिनियर भाईस प्रेसिडेन्ट प्रजापती सापकोटा, क्यानेडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष डा. तुलसी धरेल, नेपाली नर्सिङ एसोसियसन क्यानडाका अध्यक्ष पार्बती पाण्डे, ब्यवसायी तथा समाजसेबी मदन क्षेत्री लगायतले शुभकामना मन्तब्य राख्नु थियोे ।
कार्यक्रमको मुख्य आकर्षण चार्टर प्रमाणपत्र प्रदान समारोह थियो, जहाँ डिष्ट्रिक गभर्नर लायन गमन्धीले चार्टर प्रेसिडेन्ट घनश्याम भट्टराई र चार्टर मेम्बरहरुलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गर्दै क्लबलाई लायन्स क्लब्स इन्टरनेशनलको सदस्यको रूपमा मान्यता दिईएको थियो। लगतै चार्टर पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम भयो, जहाँ गभर्नर गमन्धीले नयाँ सदस्यहरूलाई लायन्स परिवारमा औपचारिक रूपमा समावेश गराउनु भएको थियो।
प्रमुख अतिथि गभर्नर गमन्धीले नेपाली- क्यानाडेली समुदायको प्रतिबद्धताको प्रशंसा गर्दै लायन्स क्लब्स इन्टरनेशनलको विश्वव्यापी प्लेटफर्ममार्फत सेवा कार्यको महत्वमा जोड दिनुभएको थियोे।
















