टोरण्टो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको आयोजनामा मिसिसागा ब्लड सर्भिसमा भएको रक्तदान कार्यक्रममा १४ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।

एनआरएनए क्यानडाका वरिष्ठ उपाध्यक्ष प्रजपती सापकोटा, नेप्लिज ब्लड डोनर्स एसोसियन (एनबिडिए)का अध्यक्ष लिलानाथ पाण्डे, लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालका अध्यक्ष घनश्याम भट्टराई लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा “रक्तदान -जीवन दान” भन्ने मुल मर्मलाई मनन गर्दै रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
सो अबसरमा ध्रुब भट्टराई, रमेश धिताल, दामोदर पौडेल, अनिल ज्ञवाली, सुरज तिवारी, लय सुबेदी, घनश्याम भट्टराई, ध्रुवमणी पौडेल, प्रजपती सापकोटा, ऋषि पोख्रेल, आभास रिजाल, बिकाश गौतम, वसन्त पुरी, अरुण रिजालले रक्तदान गर्नुभएको थियो।
क्लबको समन्वयमा हरेक ३/३ महिनामा रक्तदान कार्यक्रम हुदै आएको छ भने क्लबले क्यानडाको मिसिसागा र ब्राम्पटन क्षेत्रका पार्कमा सरसफाइ कार्यक्रम, बृक्षारोपण कार्यक्रम, हङगर रिलिफ कार्यक्रम तथा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ।



क्यानाडा नेपाल










