Canada Nepal News

टोरण्टो । प्रवासी नेपाली एकता समाज क्यानडाको आयोजनामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती क्यानडाको ब्राम्टनमा आज आइतबार भव्यरुपमा मनाइएको छ ।

संस्थाका अध्यक्ष हीराकाजी यान्द्योको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष अनिल थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रमेश खत्रीको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा समाजसेवी गोविन्द सिंह रावत रहेका थिए ।

कार्यक्रमका वक्ताहरुले श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै नेपाल एकीकरणमा उहाँले पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए ।

राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा एनआरएनए आइसीसीका सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, एनआरएनए क्यानडाका पूर्वअध्यक्ष तुलसी सापकोटा, लायन्स क्लव इन्टरनेशनलका पूर्व गभर्नर तथा मिसिसागा क्यानडा नेपाल लायन्स क्लबका चार्टर्ड प्रेसिडेन्ट घनश्याम भट्टराई, एनआरएनए नमस्ते नेपाल अभियानका अभियन्ता डा.किस्मत भण्डारी, एनआरएनए क्यानडाका निवर्तमान कोषाध्यक्ष विद्याभूषण कार्की, महिला चौतारीकी अध्यक्ष दुर्गा अधिकारी, समाजसेवी इश्वरचन्द राजन, एभरेष्ट तेक्वान्दो एकेडेमीका प्रमुख धीरेन्द्र शाही, सन्जिव तिमिल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रश्मि केसी, सुवेच्छा पाण्डे, प्रयुश बराल, आयुसा यान्द्यो, युनिसा कार्की लगायतका युवा तथा बाल कलाकारहरुले आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने डा. नरहरी तिमल्सिनाले पृथ्वी नारायण शाहको दिव्योपदेशको बारेमा चर्चा गरेका थिए ।